२०८०, १४ मंसिर बिहीबार
social securities awareness bidur municipality

पहिलो चरणको निर्वाचनका लागि ४५ जिल्लामा उम्मेदवारी दर्ता आज

    कार्तिक १६ २०७४ ११:४६

pratik book and stationery center in nuwakot

मंसिर २१ गते हुने प्रतिनिधिसमा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन आयोगले उम्मेदवार मनोनयन पत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आग्रह  गरिएको निर्वाचन अायोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले मनोनयन दर्ता गर्दैछन ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top