sujim bazar advert

बिनोद चौधरी कांग्रेसको समानुपातिकमा

    कार्तिक १३, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नेपालका एकमात्र खर्बपति विनोद चौधरीले सांसद बन्नको लागि ५० करोड बुझाएको खुलासा भएको छ । नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा चौधरीको समावेश गरिएका छन्।

नेपाली काँग्रेसले आइतवार संसोधनसहित बुझाएको सूचीमा चौधरीको नाम रहेको छ। अर्थमन्त्री बन्ने महत्वाकांक्षाका साथ उनी राजनीतिमा होमिएका हुन् ।

हुन त यसअघि पनि चौधरी एमालेको कोटाबाट सांसद बनिसकेका छन् । तर दोस्रो संविधान सभामा भने सभासद थिएनन् । एमाले नेता भरतमोहन अधिकारीमार्फत उनी पहिलो संविधान सभामा सांसद बनेका थिए । पछिल्लो समय उनी कांग्रेस शीर्ष नेताहरुसँग निरन्तर सम्पर्कमा थिए ।

चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक तथा विश्वका धनि समुहमा नेपालका एक मात्र सूचीकृत चौधरी काँग्रेको कोटाबाट समानुपातिकमा परेको विषय अहिले व्यवसायिक घराना मात्र हैन समग्र व्यवसायिक जगतमा चर्चाको विषय भएको छ।

चौधरी लोकतान्त्रिक गठवन्धनसँग नजिक बनेका छन। चौधरी सांसद बन्दै मुलुकको अर्थमन्त्री समेत बन्ने उद्देश्यका साथ नेपाली कांग्रेसको राजनीतिमा होमिएका छन् । उनले सांसद बन्नकै लागि यत्रो ठूलो रकम बुझाएपछि अहिले राजनीतिक वृत्तमा ठूलो हल्लीखल्ली मच्चिएको छ । – रिपोर्टस् क्लब

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top