२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

बस दुर्घटना छानबिन गर्न समिति गठन

    कार्तिक १२ २०७४ १०:५०

pratik book and stationery center in nuwakot

सरकारले धादिङमा ११ कात्तिकमा भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार, छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक सम्मिलित समिति गठन गरेको हो ।

यात्रा गर्दा यात्रु र सम्बद्ध सबै निकायले आ–आफ्नोतर्फबाट सावधानी अपनाउन र ट्राफिक व्यवस्थापनमा उचित ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

राजविराजबाट काठमाडौँ आउँदै गरेको ना.६ ख. १४६७ नं.को यात्रुवाहक बस ११ कात्तिक बिहान ५ बजेर ५५ मिनेटमा गजुरी गाउँपालिका–५ पोखरे खोलास्थित बांगेमोडमा अनियन्त्रित भई राजमार्गबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा ३१ जनाको मृत्यु भएको र १६ जना घाइते भएका छन् । गम्भीर घाइतेमध्ये दुई जनालाई ट्रमा सेन्टर काठमाडौँमा र अन्य घाइतेलाई गजुरीस्थित अस्पतालमा उपचार भइरहेको छ । रासस

अपडेट: धादिङ बस दुर्घटनामा ३० को मृत्यु, १२ को सनाखत

प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार मृतकहरुको नाम ठेगानाः

१. सिमीकुमारी झा बर्ष ३५ (सप्तरी, तिलाठी)
२. सञ्जीतकुमार झा बर्ष ३८ (सप्तरी, तिलाठी)
३. मञ्जितकुमार झा बर्ष ३३ (सप्तरी, तिलाठी)
४. आदित्य यादव बर्ष ६ (सप्तरी, बोदेबरसाइन नपा)
५. चन्द्ररेखा प्रणामी बर्ष १५ (सप्तरी, बोदेबरसाइन नपा)
६. रमानन्द यादव बर्ष २४ (सप्तरी, नेरैया)
७. पार्वती चौधरी बर्ष २५ (सप्तरी, नेरैया)
८. शुसान चौधरी बर्ष ३ (सप्तरी नेरैया)
९. नरेश मुखिया बर्ष १८ (सप्तरी देउरीमरुवा नपा)
१०. चन्द्रावती झा बर्ष ७४ (सप्तरी, राजवीराज)
११. राजकुमार यादव बर्ष ५० (सिराहा, गोलबजार)
१२. ममतादेवी ठाकुर बर्ष २९ (भारत, मधुवन)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top