२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

मेरो माइक्रोफाइनान्सको अध्यक्षमा सञ्जिब मानन्धर चयन

    कार्तिक ९ २०७४ १७:५०

pratik book and stationery center in nuwakot

काठमाण्डौ । मेरो माइक्रोफाइनान्स बित्तीय सस्थाको अध्यक्षमा सञ्जिब मानन्धर चयन हुनु भएको छ । उहाँले प्राइम कमर्सियल बैंकको प्रतिनिधीको रुपमा मेरो माइक्रोफाइनान्सको सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुनेछ ।

कात्तिक ८ गते बुधवार बसेको कम्पनीको संचालक समितिको बैठकले मानन्धरलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । मानन्धर स्थापनाकालदेखि बैंकको सञ्चालक सदस्य रहँदै आउनु भएको छ ।

गत असोज ३० मा नुवाकोटको विदुरमा सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सन्चालक सदस्यहरु निर्बिरोध निर्वाचित भएका थियो । सोही सदस्यहरु मध्येबाट संचालक समितिको अध्यक्ष पदमा मानन्धर चयन हुनु भएको हो ।
साधारण सभाले कम्पनीको संचालक समितिमा मानन्धरसहित जनता बैंक नेपालका तर्फबाट पृथ्वी नारायण श्रेष्ठ, ग्लोबल आइएमइ बैंकका तर्फबाट आरती राज्यलक्ष्मी राणा र देवः बिकास बैंकको तर्फबाट नरेश सिहं बोहोरा चयन हुनुु भएको छ ।

यस अघि सञ्चालक समितिको अध्यक्ष रहनु भएका सिटिजन्स बैंक ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले अध्यक्ष पदबाट राजिनामा दिनु भए पछि नयाँ अध्यक्ष चयन गरिएको हो । संशोधित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७४ को प्रवधान अनुरुप समान उद्देश्य रहेका संस्थाको कार्यकारी संचालक बस्न नपाउने व्यवस्था अनुरुप अध्यक्ष भण्डारीले पदबाट राजिनामा दिनु भएको हो ।
मेरा माइक्रोफाइनान्सले हाल ४५ जिल्लाका ग्रामीण तथा सहरोन्मुख क्षेत्रका बिपन्न समुदायमा ७० शाखा कार्यालयहरु मार्फत लघुु वित्तीय कारोवार संचालन गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top