काँग्रेस नुवाकोटबाट १४३ जना उम्मेदवार सिफारिश

    अशोज २१, २०७४

sizen education study in Japan
ananda Jewellery shop

नुवाकोट, २१ असोज । नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ ।

काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले आज पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई ‘जम्बो’ उम्मेदवारका नाम समावेश गरिएको सूची बुझाउनुभएको हो ।

नुवाकोटमा कायम प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका लागि चार निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ आकांक्षीहरु धेरै भएपछि १४३ जनाको नाम बुझाएर अन्तिम निर्णय गर्ने अधिकार केन्द्रलाई दिएको छ ।

काँग्रेस नुवाकोटले प्रतिनिधिसभा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ अर्जुननरसिंह केसी, डा रामशरण महत र सरिता लामाको नाम प्रस्ताव गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १३ जनाको नाम समावेश गरिएको सभापति केसीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नंं १ बाट प्रत्यक्षतर्फ महेन्द्र थिङ, गोविन्दप्रसाद थपलिया, विषम रिमाल, दीनेश खनाल, निलम उप्रेती र विनोद शाह रहेका छन् । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ २४ जनाको नाम समावेश छ ।

प्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ यमबहादुर थापा, भाग्यश्री लामा, रमेशकुमार महत, अर्जुनप्रसाद न्यौपाने, धनकुमारी थापा र कृष्णबहादुर लामाको नाम समावेश छ । प्रदेशसभा क्षेत्र नंं २ बाट समानुपातिकतर्फ २२ जनाको नाम प्रस्ताव गरी पार्टी केन्द्रीय सभापति देउवालाई बुझाएको काँग्रेस नुवाकोट सभापति केसीले जानकारी दिनुभयो ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ बाट प्रतिनिसधासभा प्रत्यक्षतर्फ जिल्ला सभापति केसी, बहादुरसिंह लामा तामाङ, डा प्रकाशशरण महत र हीरा पाण्डेलाई प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को समानुपातिकतर्फ नौ जनाको नाम प्रस्ताव गरी केन्द्रमा बुझाइएको छ । -रासस

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top