२०८१, १३ बैशाख बिहीबार

फेसबुकको गलत प्रयोगका लागि जुकरबर्गले माफी मागे

    आश्विन १७ २०७४ २३:०१

mark zuckerberg facebook f8-developers conference facebook
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकले पारेको नकारात्मक प्रभावका लागि सार्वजनिक रुपमा माफी मागेका छन् ।

फेसबुकको प्रयोग मानिसहरुलाई मिलाउनका लागि भन्दा फुटाउनका लागि गरिएको भन्दै त्यस्तो गलत प्रयोगका लागि जुकरबर्गले माफी मागेका हुन् ।

जुकरबर्गले यस्तो समयमा माफी मागेका छन् जतिबेला अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको पक्षमा माहौल बनाउन तथा मतदात प्रभावित पार्नका लागि रुसले फेसबुकको प्रयोग गरेको विषयमा विभिन्न प्रमाणहरु बाहिर आउन थालेका छन् ।

आफ्नो फेसबुक पेजमा जुकरबर्गले लेखेका छन् : यो वर्ष मैले जो कसैलाई पनि ठेस पूराएको भए म माफी चाहन्छु र भविष्यमा अझै राम्रो बन्ने कोसिस गर्नेछु । जुन रुपमा मेरो कामको प्रयोग मानिसहरुमा फूट पार्नका लागि गरियो त्यसको लागि म माफी चाहन्छु । म राम्रो काम गर्ने कोसिस गर्नेछु ।

यसअघि फेसबुकले ३ हजारवटा विज्ञापनको प्रति अमेरिकी कंग्रेसलाई उपलब्ध गराउने घोषणा गरेको थियो जसलाई रुसको एक छद्म कम्पनीले जून २०१५ देखि मे २०१७ को बीचमा १ लाख डलरमा खरीद गरेको थियो । ती विज्ञापन झण्डै ४७० वटा नक्कली अकाउन्टसँग जोडिएका छन् । जो सम्भवतः रुसबाट संचालित थिए । एजेन्सी

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top