+
Search

ताजा अपडेट +

पपुलर +

बस र कन्टेनर ठोक्किँदा ११ घाइते

डबली खबर
८ साल अगाडी

विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् । त्रिशूलीबाट काठमाडौँ जान लागेको ना ६ ख ८१४७ नंको बस र काठमाडौँबाट नुवाकोट हुँदै केरुङ जान लागेको बा ३ ख नं कन्टेनर ठोक्किँदा दुवै सवारी साधनका चालकसहित ११ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका इञ्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिए। दुर्घटनामा कन्टेनर चालक रसुवा जिल्ला धैबुङका २४ वर्षीय कुमार न्यौपाने, बस चालक नुवाकोट गणेशस्थानका ३४ वर्षीय सन्तोष अधिकारी र अन्य नौ यात्रु घाइते भएकाले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको अहिले जिल्ला अस्पताल, त्रिशूली, सिटी अस्पताल विदुर र सञ्जिवनी अस्पताल, बट्टारमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको शल्यक्रियासमेत गर्नुपर्ने भएकाले थप उपचारका लागि काठमाडौं पठाइने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले बताए । बस आज बिहान ३५ जना यात्रु लिएर त्रिशूलीबाट काठमाडौं जान लागेको थियो ।  रासस

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ