+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटबाट साहित्यमा नयाँ प्रयोग, रचना वाचन गर्नेलाई हातहातै पारिश्रमिक

डबली खबर
८ साल अगाडी

विदुर, नुवाकोटबाट नयाँ साहित्यिक अभियानको सुरुवात भएको छ । बसिवियाँलो नुवाकोटले आज आयोजना गरेको कार्यक्रममा साहित्यिक रचना वाचन गर्ने श्रष्टाहरुलाई पारिश्रमिक प्रदान गरेको छ ।

विजया दशमी २०७४ को शुभकाना आदान प्रदान र साहित्यिक रचना वाचन कार्यक्रम कविता, जगल वाचन गर्ने साहित्यकारहरुलाई एक सय एक रुपैयाँ प्रदान गरेको छ । कार्यक्रममा २४ जना नुवाकोटका श्रष्टाहरुले साहित्यिक रचना सुनाएका थिए । त्यस्तै अमेरिका, साउदी अरब र काठमाडौंमा रहेको नुवाकोटका श्रष्टाहरुसंग भिडियो कल गरेर प्रत्यक्ष रुपमा रचना सुनाइएको थियो ।

बसिबियाँलाको दोश्रो जमघट अन्र्तगत आउनुहोस्, सुन्नुहोस् सुनाउनुहोस् श्रृङ्खला अन्र्तगत एक सय १ कविता कार्यक्रममा २८ जना कविले आफ्ना रचना सुनाए ।

कार्यक्रममा विदेशमा रहनुभएका दुई जना र काठमाडौ.बाट उक जनाले फेसबुकको म्याजेन्सरमा भिडिओ कलबाट कविता वाचन गरेर सुनाएका थिए । साउदी अरवबाट लिखुका नवराज लामिछाने र अमेरिकाबाट पुरुषोत्तम ढकालले कविता वाचन गर्नुभएको हो । त्यस्तै काठमाडौंबाट लक्ष्मी रुम्वाले दसैंसंग सम्वन्धित कविता वाचन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहँदै प्मुख अतिथि साहित्यकार शम्भुप्रसाद शर्माले नुवाकोट जिल्ला अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि अब्बल रहेको र अवका दिनमा साहित्यिक गतिविधिलाई बढाउनु आवश्यक रहेको बताउनुभएको छ ।

shreeram shrestha nuwakot trishuli web yesubc

त्यस्तै महामण्डल त्रैमासिक साहित्यकि पत्रिकाका सम्पदाक श्रीराम श्रेष्ठले साहित्यकारहरुलाई रचना वाचन वापत पारिश्रमिक दिने कार्य नयाँ रहेको र यो अभियानले सबैलाई उत्साहि पार्ने बताउनुभयो ।

कार्यक्रममा सभापति तथा बसिवियाँलो नुवाकोटका अभियन्ता हरिकृष्ण श्रेष्ठले साहित्यकारहरुको कदर गर्न र साहित्यलाई ब्यवसायिकता दिनको लागि यो अभियान थालेको बताउनुभएको छ ।

कार्यक्रममा रचना वाचन गर्नेहरुले बढी दसैं केन्द्रिय सृजना सुनाएका थिए । बाल्यकाल र युवाअवस्थामा हुने दसैंको फरकपनलाई बोध गराउने कविता पनि रहेको थियो । कतिपया कविहरुले कार्यक्रम स्थलमै कविता लेखेर सुनाए । कविता वाचन गर्ने श्रष्टाहरुमा बाबुराम लामिछाने, कपिलदेव खनाल, क्षितिज थापामगर, राजकुमार पुत्ला, मुकुन्दराज अर्याल, सुमित्रा सुमी। रामकृष्ण गजुरेल, शिवसुन्दर पुडासैनी, बद्रीविन्द गजुरेल, आशिक भट्ट, कविन्द्र घिमिरे, अमंग शाक्य, कृष्णचन्द्रसिंह प्रधान, तिर्थराज खनाल, राधव सापकोटा, श्रयिा रिमाल, सोविन रिमाल, लोकबहादुर पुडासैनी, काजी खान, श्रीधर पाण्डे र विष्णुहरिरिमालले रचना वाचन गरे ।

basibiyanlo nuwakot trishuli web

कार्यक्रममा मुस्लिम धर्मालम्वीले समेत कविता वाचन गर्दै हिन्दुहरुको ठुलो चाड दसैंको शुभकामना व्यक्त गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ