+
Search

ताजा अपडेट +

पपुलर +

सारथी बचत तथा ऋण सहकारीको पाँचौ साधारणसभा सम्पन्न

डबली खबर
८ साल अगाडी

ढुंगे | असोज १ गते सारथी बचत तथा ऋण सहकारीको पाँचौ बार्षिक साधारणसभा ढुंगे अवस्थित होटेल याङ्ग्रामा जिल्ला सहकारी संघ, नुवाकोटको अध्यक्ष श्री राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भव्य समुद्घाटन भएको थियो ।

उक्त कार्यक्रममा मातृभुमी सहकारीबाट श्री अर्जुन कोइराला, आर्शिबाद कृषि सहकारीबाट श्री गोपाल प्रसाद रिजाल, संगम सहकारीबाट श्री नारायण श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकबाट पुण्यदेवी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुन्दरमान दुवाल, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष श्री पूर्णलाल श्रेष्ठ, नगर सहकारी समन्वय समितिका संयोजक श्री नविन्द्रमान प्रधान र सहकारी संघका अध्यक्ष श्री राजेश श्रेष्ठद्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाकातर्फबाट अध्यक्ष श्री निर्मल बस्नेत, कोषाध्यक्ष श्री राजकुमार नगरकोटी र लेखा समिति संयोजक श्री रविन्द्र नेपालीले आ.व. ०७३/०७४ को बार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।

संस्थाले आ.व. ०७३/०७४ मा कुल ५ करोड ६७ लाख ५४ हजार ६ सय ३० दशमलव २५ पैसा कारोबार गरेको थियो भने ८ लाख ५४ हजार ८ सय ३६ दशमलव ६ पैसा मुनाफा आर्जन गरेको र हाल उक्त संस्थाको कुल चुक्ता पुजी रु.१ करोड २१ लाख ८५ हजार ३ सय रुपैयाँ रहेको, निक्षप संकलन गरी फिर्ता गर्न बाकी रकम रु.४ करोड १० लाख ९८ हजार ७ सय ७१ दशमलव ८० र कर्जा लगानी रु.४ करोड ९० लाख ११ हजार ८ सय ९८ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक श्री सुदिप श्रेष्ठले जानकारी गराउनु भयो ।

धेरै सामाजिक क्रियाकलापमा संलग्न उक्त सहकारीले जिल्ला अस्पतालमा १५ थान पंखा वितरण भएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

पाँचौ बार्षिक साधारणसभामा उत्कृष्ट ऋणिको रुपमा श्री विष्णु कुमारी तामाङ र असल बचत कर्ताको रुपमा श्री जानुका लामिछानेलाई सम्मान गर्नुको साथै एस.ई.ई. परीक्षामा उत्कृष्ट अंक हासिल गरे बापत आकृति डंगोललाई नगद तथा खादा ओढाई सम्मान गरेको थियो । नुवाकोट जिल्लामा व्यवसायिक पत्रकारिताको शुरुवात् गर्दै आर्थिक, सामाजिक र सहकारीको विकास र उत्थानमा क्रियाशिल रहदै उल्लेखनीय योगदान पु-याइएको हुदाँ त्रिशुली प्रवाह साप्ताहिक पत्रिकाको प्रकाशक/सम्पादक श्री शरण उत्सुक सापकोटा र संस्थाको “ब्राण्डीङ प्रमोशन”मा विशेष योगदान पु-र्याइएको हुँदा त्रिशुली वेबका संचालक श्री सुनिल श्रेष्ठलाई सम्मान कार्यक्रम राखेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ