sujim bazar advert

दोश्रो नुवाकोट दशैं महोत्सव सुरु

    अशोज ३, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

2nd nuwakot dashain mahotsav 2074 trishuli web
Big Education Consultancy Nuwakot
global ime bank flash loan

त्रिशुली/नेपालीहरूको महान पर्व दशैं र तिहारलाई लक्षित गरी सञ्चालन गर्न लागिएको दोश्रो ‘नुवाकोट दशैं महोत्सव–२०७४’को तयारी तिब्र बनाएको छ । महोत्सवको उद्घाटन आज सोमवार भब्य समारोहका बीच त्रिशुली स्कुलको खेल मैदानमा हुनेछ ।

‘विबिध सास्कृति मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने नाराको आज सोमवारदेखि ११ गतेसम्म  सञ्चालन गर्न लागिएको दोश्रो ‘नुवाकोट दशैं महोत्वस–२०७४’को आवश्यक सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवको लागि एक सय २५ वटा स्टल निर्माण भएको छ ।
महोत्सवको स्टलमा दशैको लागि आवश्यक सबै खाद्य सामाग्री राख्ने व्यवस्था आयोजकले मिलाएको छ । मेलामा साल्ट ट्रेडिङ कर्पोरेशनले चिनी, चामल, ग्याँस लगायतका सामाग्री राख्ने बताइएको छ । मेलामा राखेको ग्याँसको मूल्य अहिले बजारमा तिर्नुपर्ने मूल्य भन्दा केहि सस्तो हुने आयोजक समितिका संयोजक शिब खड्गेले बताउनु भयो ।

यस्तै, महोत्सवमा सहभागिहरूलाई चर्चित हास्य कलाकार, लोक गायक, आधुनिक तथा पप गायकहरूले पनि भरपूर मनोरञ्जन दिने महोसत्व आयोजक समितिका सल्लाहाकार नबिन्द्रमान प्रधानले बताउनु भयो ।

महोत्सवमा स्थानीय सिपकला, चित्रकला, बास्तुकलाका सामाग्रीहरू, लत्ताकपडा, खाद्यान्न सामाग्रीको सहज उपलब्धता मिलाउन आयोजकले उपसमिति गठन गरेर काम अगाडी बढाएको छ ।

दोश्रो नुवाकोट दशैं महोत्वसमा नुवाकोट र रसुवाका नागरिकहरूलाई दशै र तिहार पर्वको लागि एकै स्थानबाट आवश्यक सामाग्रीहरूको सहज उपलब्धता गराउने लक्ष्य रहेकाले दशैको किनमेलको लागि उपयुक्त स्थानको रुपमा महोत्सव आयोजना गरिएको स्थलान त्रिशुली स्थित त्रिभुवन त्रिशुली माबिको खेल मैदानमा करीब ५० हजार अवलोकनकर्तालाई भित्र्याउने आयोजकले बतायो ।

चाडपर्वलाई लक्षित गरी आवश्यक सबै प्रकारको सामाग्रि राखेर सञ्चालन गर्न लागिएको महोत्वसले सस्तो र सुलभ बजार तथा चाडपर्वको समयमा हुँदै आएको कालोबजारी नियन्त्रणमा समेत सहयोग पुग्ने महोत्वस आयोजक त्रिशुली युथ स्पोर्टस् क्लबका अध्यक्ष शिव खड्गेले जानकारी दिनुभएको छ ।

महोत्सब स्थलसम्म जानको लागि सार्वजनिक यातायातका साधनको समेत व्यवस्था मिलाइ सकेको आयोजकले जनाएको छ । चाडपर्वको समयमा बजारमा आएका नयाँ उत्पादित लत्ता कपडा, विद्युतीय, खाद्यान्न समाग्रिको समेत स्टलहरूमा राख्ने आयोजकले जनाएको छ ।

महोत्सवमा शिखरवेशीको चामल, ककनीको मुला, जिल्लाको विभिन्न गाँउमा उत्पादन हुदै आएको ट्राउट माछा, राख्ने आयोजकले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top