World Tuberculosis Day 2025
sujim advert

नदी तस्करीमा बृद्धि, रोक्ने कोहि भएनन्

    अशोज ३, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर/नुवाकोटको त्रिशुली, तादी र लिखु नदीमा अवैध रुपमा स्काभेटर प्रयोग गरेर नदीजन्य सामग्रीको उत्खनन् नरोकिदा नदी आसपासका एकहजार रोपनी खेतियोग्य जमिन कटान हुनुका साथै पांच सय घरधुरी जोखिममा परेका छन् ।

नुवाकोटको त्रिशूली,  तादी, सामरी र लिखु खोलासहित अन्य खानीबाट मापदण्ड विपरित रातको समयमा स्काभेटर प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन, चोरी र कालोवजारी  बढेको स्थानीयवासी हरूले बताएका छन् ।

अवैध क्रसरलाई कारवाहीको माग गर्दै  विदुर नगरपालिका वडा नं. ५ माझीटार, पिपलटार र वेलकोटगढी नपा वडा नं. १२ मालाकोट घोडघाडका स्थानीयले जिल्ला समन्वय समितिको कार्यालयमा अबैध कार्य रोक्नका लागि उजुरी दिएपनि कुनै सुनुवाई नभएको स्थानियहरूले बताएका छन् ।

जिल्ला समन्वय समिति नुवाकोटले असार, साउन र भदौ महिनामा नदीमा कुनै पनि उपकरण प्रयोग गरेर नदीजन्य सामग्रीको उत्खनन वन्द गरेको छ । तर, त्यसको उल्लंघन भइरहेको छ ।

नदीमा रातीको समयमा नदीमा अवैध रुपमा स्काभेटरको प्रयोग गरेर वालुवा लगायतका सामग्रीको अवैध उत्खनन् भइरहेको वेलकोटगढी नपा वडा नं. ७ का वडाध्यक्ष हेमनिधी नेपालले बताउनुभयो । नुवाकोटका नदीहरूमा रातको समयमा ११ वजेदेखि विहान चार बजेसम्म अवैध रुपमा एकसय भन्दा बढी स्काभेटरले वालुवा झिक्ने गरेको स्थानीय वताउँछन् ।

त्रिशूली, तादी, लिखु, सामरीलगायतका नदीमा जिल्ला समन्वय समितिले असोज १ गतेपछि मात्रै खोला तथा खानीबाट नदीजन्य पदार्थ कानुन अनुसार उत्खनन् गर्न पाइने गरी ठेक्का लगाएको भएपनि रातको समयमा नदीबाट एक्साभेटरको प्रयोग गरी उत्खनन् भइरहेको विदुर नगरपालीकाका प्रमुख सन्जु पण्डितले वताउनुभयो ।  त्रिशूली  खोलाको देवीघाटदेखि कोल्पुखोलासम्म र तादी खोलाको देवीघाटदेखि मालाकोट हुँदै थानसिङ, चौघडामा लुकीछिपी बालुवा तथा नदी जन्य पदार्थको उत्खनन् भइरहेकोमा स्थानीय तहका जनप्रतिनिधिहरूले समन्वय गरि रोक्नु पर्ने बताउनु भयो ।

विभिन्न खोला नालाबाट दैनिक नदीजन्य वस्तु चोरी निकासी मौलाउँदै गएपनि प्रहरी प्रशासन भने मौन रहदै आएको छ । केहि समय अगाडी नदी उत्खनन् भएको र क्रसर ब्यबसायीहरूले निर्माण जन्य सामाग्रीहरूमा अत्याधिक  भाउ बढाएको भन्दै नियन्त्रण र मुल्य निर्धारण गर्नको लागी समिति समेत बनेको थियो । समितिले नुवाकोटमा निर्माण जन्य सामाग्रीहरूको मुल्य निर्धारण गरेता पनी नागरिकह्रूले भने अत्याधिक दरभाउ तिर्न बाध्य भएका छन् ।

प्रहरी प्रशासनको संरक्षणमा दिनहँुजसो विभिन्न खोला नालाबाट खोला जन्यवस्तु चोरी निकासी हँुदै आएको स्थानीयवासीको आरोप छ ।  प्रहरीले कारवाहीका नाममा वालुवा वोकेका केहि ट्रिपर र स्काभेटरलाई नियन्त्रणमा लिएर धेरै ट्रिपरलाई उन्मुक्ति दिँदै आएको जनप्रतिनिधिको भनाई  रहेको छ ।

तर, अवैध कार्य गर्ने जोसुकैलाई पनि कारवाही गर्न तयार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख विरेन्द्रकुमार वस्यालले जानकारी दिनुभयो । अबैध नदी उत्खनन् हुन नदीनको लागी सम्भाबित स्थान वरपर रातको समयमा पनी प्रहरी परिचालन गर्ने गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top