२०७८, ३ असार बिहीबार

गुरुङ गाउँमा बस दुर्घटना हुदाँ ६ को मृत्यु २५ जना घाइते

    भाद्र २४ २०७४ १४:४२


bidur tax

२४ भदौ, नुवाकोट । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका गुरुङ गाउँमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु र २५ जना घाइते भएका छन ।

काठमाडौंबाट छहरे नुवाकोटका लागि छुटेको बा१ख ६३४८ नम्बरको यात्रुबाहक बस टोखा–छहरे सडक खण्डको शिवपुरी–७ गुरुङ गाउँमा दुर्घटनामा परेको हो । बसमा करिब ६० जना रहेको अनुमान रहेको थियो । घटनास्थलमा अहिले स्थानीय र सुरक्षाकर्मीले गरेका थिए ।

बस दुर्घटनामा पर्नेको नामावली:

क.उपचारको क्रममा ग्रेन्डी अस्पतालमा मृत्यु भएकी:

१) जि.नुवाकोट रालुका-२ बस्ने वर्ष २२ की सबिता तामाङ मृतक ।

ग्रान्डी अस्पतालमा भएका निम्न घाइते नामवली:

१) जिल्ला नुवाकोट पन्चकन्या-१ वर्ष ४३ कि देबकी रिजाल टाउको र छातीमा चोट मध्यम ।
२) ऐ.ऐ. बस्ने वर्ष २० को पार्बती थापामगर अनुहारमा चोट बोल्न सक्ने ।
३) जि.काठमाण्डौ नेपालटार तारकेश्वर न.पा.७ बस्ने ३८ को नबिन श्रेष्ठ टाउको र अनुहारमा चोट बोल्न सक्ने।
४) ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष ३६ कि राज्यलक्ष्मी श्रेष्ठ दाइने हात खुट्टा र जिउमा चोट ।
५) जि.नुवाकोट सूर्यगढी गा.पा.४ बस्ने वर्ष ३६ कि सरस्वती गिरी छातीमा चोट बोल्न सक्ने ।
६) ऐ.ऐ. बस्ने निजको छोरा १५ को रुपक गिरी ढाड र अनुहारमा चोट सामान्य ।
७) जि.नुवाकोट सुन्दरादेवी-४ बस्ने मेनुका मैनाली अनुहार छाती र दुबै हातमा चोट बोल्न सक्ने।
८) जि.नुवाकोट नर्जामण्डप -६ बस्ने वर्ष ३६ की नन्द कुमारी अधिकारी टाउको दाइने खुट्टामा चोट।

ग्रिन सिटीमा भएका मृतकहरु :

१) नाम थर वतन नखुलेकी बर्ष ३७ की उजेली मिजार
२) नाम थर वतन नखुलेको अं. बर्ष ४५ को लाल ब. तामाङ

घटनास्थलमा मृत्यु भई जिल्ला अस्पताल त्रिशुलीमा रहेका मृत्तकहरु :

१) जि.नुवाकोट तादी गा.पा.-५ बस्ने बर्ष ५० की लक्ष्मी न्यौपाने
२) ऐ. मा बस्ने बर्ष ५० की ठुली माया तामाङ
३) जि.नु.बि.न.पा-९ बस्ने अं. बर्ष २१ की शसी बोगटी

ग्रीन सिटी अस्पतालमा भएको घाइतेहरु:-

१) ऐ.तादी गा.पा। ५ बस्ने वर्ष ३३ कि गिता खनाल ।
२) ऐ.ऐ. सुर्यगढी गा.पा.६ बस्ने ५० कि कान्छी मिजार ।
३) नुवाकोट जिल्ला बस्ने एकिन गा.पा नखुलेको वर्ष १६ की दिक्षा घिमिरे ।
४) ऐ.ऐ. सामरी गा.पा. बस्ने वर्ष ४७ कि यमशोभा मानन्धर ।
५) ऐ.ऐ. हरेखोला गा.पा.५ बस्ने भोग बहादुर तामाङ ।
६) ऐ.ऐ शिवपुरी गा.पा.८ बस्ने वर्ष १८ को मनिस डंगोल ।
७) ऐ.ऐ.पन्चकन्या २ बस्ने वर्ष ४८ को गोबिन्द श्रेष्ठ ।
८) ऐ.ऐ. शिवपुरी बस्ने २२ को रमेश के.सि.।
९) ऐ.ऐ. पन्चकन्या ४ गा.पा.बस्ने वर्ष ३३ को को शेर बहादुर तामाङ ।
१०) ऐ.ऐ. तादी गा.पा. २ बस्ने वर्ष १५ को सानोबाबु तामाङ ।
११) ऐ.तादी बस्ने ११ महिनाको छोरा जातको बच्चा कुप्रेण तामाङ ।
१२) ऐ. शिवपुरी गा.पा.वडानं. ४ मा बस्ने बर्ष १९ की सरस्वती थिंङ ।
१३) ऐ.पन्चकन्या गा.पा.९ बस्ने बर्ष २१ को बिना पण्डित ।
१४) का.जि कां.म.न.पा.सानोभ-याङ गा.पा. ७ बस्ने बर्ष ३१ को सितामाया तामाङ ।
१५) नुवाकोट जिल्ला बस्ने गा.पा नखुलेको वर्ष २७ की अन्जु तामाङ ।
१६) ऐ.पन्चकन्या गा.पा.९ बस्ने बर्ष २९ की सिता पण्डित
१७) नुवाकोट जिल्ला बस्ने एकिन गा.पा नखुलेको वर्ष ७ को करण तिवारी
१८) ऐ.सुर्यगढी गा.पा. ५ मा बस्ने बर्ष २४ की सर्मीला राई ।
१९) जि.बारा गढीमाई-२ घरभई चोभार बस्ने बर्ष ४५ को रामेश्वर मुखिया ।
२०) नुवाकोट जिल्ला एकिन गा.पा नखुलेको वर्ष १७ की कविता तामाङ ।

बिपी स्मृती अस्पताल काठमाण्डौ :

१) ऐ. शिवपुरी गा.पा.वडानं. ७ मा बस्ने बर्ष २७ को देबकी ठकुरी ।

चिरायु अस्पताल काठमाण्डौ :

१) नुवाकोट जिल्ला एकिन गा.पा –नखुलेको वर्ष ६१ की निर्मला पाठक ।

शिक्षण अस्पतालमा मृत्यु :

१) जिल्ला नुवाकोट सुर्यगढी गा.पा २ बस्ने वर्ष २३ को दिनेश श्रेष्ठ

श्रोत : जि प्र का नुवाकोट

Image may contain: outdoor

Image may contain: one or more people, mountain, crowd, outdoor and nature

फोटो : कुमार भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19


Top