sujim bazar advert

काठमाडौँको फोहोर फाल्न बन्द गरेपछि

    भदौ २०, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट, भदौ २०। काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् ।

प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधले सोमबार साँझ र आज बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर अनिश्चित समयका लागि बन्द गरेको भन्दै सडक ठप्प बनाएको ककनी गाउँपालिका–२ ओखरपौवाका वडाध्यक्ष केदार पौडेलले बताउनुभयो ।

“फोहोरको विसर्जनबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका अति प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक रु ५० दिँदै आएकामा नयाँ आवदेखि घटाएकाले विरोधमा अवरोध गर्नुपरेको हो”, पौडेलले भन्नुभयो, “फोहोरको वैज्ञानिक व्यवस्थापन नहुँदा प्रभावित क्षेत्रको दूरी र वार्षिक मुआब्जा वृद्धिको माग भइरहेको समयमा त्यसलाई निस्तेज बनाउन महानगरपालिकाले गरेको निर्णय अमान्य छ ।”

एक साताअघि भएको सहमतिको कार्यान्वयन नभएको, मुआब्जाको सीमा र रकम शुल्क घटाएको विरोधको माग सम्बोधन नभएसम्म फोहोर फाल्न नपाउने भन्दै फोहोर बोकेका गाडी नल्याउन स्थानीयवासीले सचेत गराएका छन् । काठमाडौँ महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा तेह्र वर्षदेखि फोहोर फालिँदै आएको छ । स्थानीयवासीले उठाएका वैज्ञानिक रुपमा फोहोर विसर्जन, लिचडको प्रशोधन, फोहोर फ्याँक्ने आउने मूल सडकको स्तरोन्नति र गाउँको शाखा सडक कालोपत्र हुनुपर्ने माग महानगरपालिकाले एक साताभित्र पूरा गर्न यही भदौ १३ गते जनाएको प्रतिबद्धता पूरा नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयवासीले बताएका छन् ।

फोहोर फ्याँक्न सिसडोलबाट एक हजार ९०० मिटरको दूरीमा पर्ने वैकल्पिक स्थान बञ्चरेडाँडामा पूर्वाधार निर्माण र प्रभावित बासिन्दाका लागि पन्ध्र श्यया क्षमताको अस्पतालको निर्माण शुरु गर्नुपर्ने माग पनि प्रभावित बासिन्दाले उठाएका छन् । काठमाडाँैमा दैनिक उत्पादन हुने करिब एक हजार ५०० टन फोहोरको विसर्जन सिसडोलमा गरिँदै आएको छ । -रासस

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top