२०८१, ११ बैशाख मंगलवार

नेपाली युवा इन्जिनियरले बनाए स्मार्ट इलेक्ट्रिक ह्विलचियर

    भाद्र २० २०७४ १५:५१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । नेपालमै पहिलो पटक युवा इन्जिनियरहरुको सक्रियतामा स्मार्ट इलेक्ट्रिक ह्विलचियर सार्वजनिक गरिएको छ । चार जना नेपाली युवाको दुई वर्षको प्रयासपछि बनाउन सफल भएको ह्विलचियरको सोमबार राजधानीमा एक कार्यक्रमबीच अर्थराज्यमन्त्री उदयशम्सेर राणा, मह जोडीलगायतको संयुक्त रुपमा सार्वजनिक गरे ।

हालसम्म विदेशबाट मात्रै ह्विलचियर आयात गरिरहेकोमा नेपाली युवाहरुको टोलीले ह्विलचियर बनाई सार्वजनिक गरिएको हो । नेपाली समाजका समस्या इन्जिनियर प्वाइन्टबाट समाधान गर्न स्थापित इन्फिनिटी ल्याब नामक अनुसन्धानमुलक संस्थाका युवा इन्जिनियरहरुको अगुवाईमा ह्विचियर बनाउन सफल भएको हो । निर्माण सामाग्रीको उत्पादन गर्दै आएको गोर्खा इको प्यानलको उपलव्ध गराएको वर्कसप सहयागेबाट उनीहरु ह्विलचियर बनाउन सफल भएका हुन् ।

इन्फिनिटी ल्याबका अध्यक्ष सुनिल परियारले हाललाई नमूनाको रुपमा एउटा मात्रै ह्वियचियर बनाएको जनाए । कुसैको सहयोग पाए व्यवसायिक रुपमा बनाइ विक्रीवितरण गर्ने योजना रहेको उनले सुनाए । यो ह्विलचियरमा बसेर गएका कोही पनि व्यक्ति दुर्घटनामा परे घरका परिवारलाई मोवाइलमा एसएमएस जानेसमेत सुविधा भएकोले यो ह्विलचियर स्मार्ट रहेको उनले सुनाए ।

यो ह्विल चियर नेपालको माटो सुहाउँंदो रहेको उनले जनाए । उनका अनुसार विदेशको कहीकतै नविग्रेको कालोपत्रे बाटोमा मात्रै नभई नेपालकै खाल्डाखुल्डीयुक्त बाटोमा पनि सजिलै गुडाउन सकिने यो गुणस्तरीय ह्विल चियर हो । यो नेपालमै मर्मत सम्भार गर्न सकिने, सस्तोसमेत रहेको उनले जनाए । साथसाथै यसमा ह्विचियरमा वस्ने अशक्त व्यक्तिको पिशाब राख्ने व्यवस्था पनि रहेको जनाइएको छ ।

 

कार्यक्रममा अर्थराज्यमन्त्री राणाले नेपाली युवाको सम्मान गर्दै यसमा सरकारले पनि सहयोग गर्ने वचन दिए । यसका लागि आवश्यक कच्चा पदार्थको भन्सार छुट गरिदिन पहल गर्ने उनले बताए ।

महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपाली युवा इन्जिनियरहरु नेपालमै राखेर काम गराउने वातावरण आवश्यक भएको खाँंचो औंल्याए । पुल्चोक इन्जिनियर क्याम्पसका प्राडा भरत शर्माले अपांगमैत्री वाटोको आवश्यक रहेको बताए । गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले सामाजिक उतरदायित्व अन्तर्गत नेपाली युवा इन्जिनियरलाई प्रोत्साहन गर्न आफूहरुले सहयोग गरेको बताए । गतिशिलता र पहुँंच सवैका लागि भन्ने नाराका साथ अपांगहरुको पहुँंचका लागि युवाहरु यो काममा सक्रिय रहेका हुन् ।

अफिसियल फेसबुक पेज : https://www.facebook.com/cilkathmandu/

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top