sujim bazar dashain tihar bumper offer

निर्वाचन आचारसंहिता लागू भएपनि कर्मचारी सरुवा नरोकिने

    भदौ १९, २०७४

sizen education study in Japan
ananda Jewellery shop

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

काठमाडौं– सरकारले निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रिया नरोक्ने जनाएको छ।

अत्यावश्यक कामका लागि कर्मचारीको सरुवा नरोकिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी दिए। उनले निर्वाचन आयोगसँग अनुमति लिएर काज, सरुवा र पदस्थापना गरिने बताए। भदौ महिनाभित्र मन्त्रालयले सरुवा गर्ने व्यवस्था भए पनि निर्वाचन आचारसहिंता लागेपछि सरुवालाई प्रभावित बनाएको छ ।

‘आचारसहिंताले पहिला जस्तो सरुवा गर्न मिल्दैन, तर अत्यावश्यक र नभई नहुने ठाउँमा आयोगको सहमति लिएर सरुवा गर्छौं,’ प्रवक्ता न्यौपानेले भने।

मन्त्रालयले अहिलेसम्म १ सय २९ अधिकृत सरह र १ सय २७ सुब्बासरहका कर्मचारी सरुवा गरेको छ । ती कर्मचारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा, विभिन्न मन्त्रालयमा काजमा र पदस्थापनाका लागि सरुवा गरिएको प्रवक्ता न्यौपानले बताए। -रासस

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top