sujim bazar advert

एकाउन्टिङ सम्बन्धि अत्याधुनिक क्लाउडवेस सफ्टवेयर ‘इलेखा’ बजारमा

    भदौ १६, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

लेखासम्बन्धि सम्पूर्ण विवरण राख्नका लागि अत्याधुनिक ‘इलेखा’ सफ्टवेयर बजारमा आएको छ ।

इलेखा अहिले बजारमा रहेका सफ्टवेयरभन्दा अत्याधुनिक र सुरक्षित रहेको निर्माण कम्पनी दियालो टेक्नोलोजिज प्रालिले जनाएको छ । क्लाउड (इन्टरनेट) मा आधारित इलेखा सफट्वेयर अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण गरिएको कम्पनीको दाबी छ । बजारमा अहिले रहेका धेरै सफ्टवेयरहरु कम्प्युटरमा इन्स्टल गरेर चलाउने किसिमका छन् । कम्प्युटरको हार्डडिक्स क्र्यास हुने, भाइरस लाग्नेजस्ता सामान्य समस्याले लेखाको विवरण नै नष्ट हुने खतराबाट मुक्त हुन इलेखा उपयोगी हुने दियालो टेक्नोलोजिजका प्रबन्ध निर्देशक पिआर खनालले बताउनुभयो । उहाँले भन्नुभयो ‘विकसित देशमा डेक्स्टप बेसका एकाउन्टिङ सफ्टवेयर विस्थापित भइ क्लाउड बेसका सफ्टवेयर प्रयोग बढेको छ, यहि कुरालाई मध्यनजर गर्दै हामीले क्लाउड बेसमा आधारित सफटवेयर निर्माण गरेका हौँ ।’

इन्टरनेटमा आधारित सफ्टवेयर भएको हुनाले लेखामा रहने व्यक्तिले मात्र नभएर कम्पनी सञ्चालकले विश्वका जुनसुकै कुनाबाट पनि आफ्नो कार्यालय/संस्थाको आर्थिक हिसाबकिताब हेर्न सक्नेछन् । क्लाउड बेसमा निर्माण भएको यो पहिलो सफ्टवेयर भएको कम्पनीको दाबी छ । यो सफ्टवेयर जुनसुकै ब्राउजरबाट पनि चलाउन सकिने र मोबाईलबाट समेत सम्पूर्ण विवरण हेर्न सकिने खनालले बताए । यो सफ्टवेयर उत्पादन, प्रोशोधन, व्यापार, सेवामुलक तथा हरेक किसिमका व्यववसायका लागि उपयोगी हुने गरेर विभिन्न प्याकेजमा निर्माण गरिएको छ । साना व्यवयासीदेखि ठुला औद्योगिक घरानासम्मका व्यवसायीलाई यो सफ्टवेयर उपयोगी हुने खनालको भनाई छ ।

यो सफ्वेयरले ग्राहकले समयभित्र बिल भुक्तानी नगरे अटोमेटिक ग्राहकको मोबाईलमा नोटिफिकेशन अलर्ट जानेछ । जसले गर्दा बक्यौता उठाउनका लागि पनि अत्यन्तै उपयोगी हुने कम्पनीको भनाई छ ।

अहिले नेपालमा सञ्चालित सफ्टवेयरहरु बुक किपिङका लागि मात्र प्रयोग भइरहेकोमा यो सफ्टवेयर त्योभन्दा माथिल्लो तहमा एमआइएस र बिआइ जस्ता अत्याधुनिक विशेषता रहेका छन् । जसमा लेखा, स्टक म्यानेजमेन्ट, बैंक हिसाब मिलान, तलब भुक्तानी विवरण लगायतका सबै किसिमका विशेषता सफ्टवेयरमा समावेश छन् ।

दियालो टेक्नोलोजिज प्रालिले हालसम्म खानेपानी संस्थाहरुका लागि नेपालमै पहिलोपटक ‘वाटरमार्क’, नेपालमै पहिलोपटक अनलाइनबाट बस टिकट काट्न सकिने बससेवाडटकम, मोबाईल एप्सबाटै खानेपानीको मिटर रिडिङ गर्न सकिने सिस्टमजस्ता सफ्टवेयर बनाउनुका साथै विदेशका आउटसोर्सिङका काम समेत गर्दै आएको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top