sujim bazar advert

नागरिक लगानी कोषको २१ औं वार्षिक साधारण सभा सम्पन्न

    भदौ १६, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

२१ दशमलव ८५ प्रतिसत बोनस दिने प्रस्ताव पारित

भाद्र १५, काठमाण्डौ ।  नागरिक लगानी कोषको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न २१ औ सभाले २१ दशमलव ८५ प्रतिसत बोनस दिने प्रस्तावलाई पारित गरेको हो । यो सगै कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिसत नगद लाभांसलाई पनि सभाले अनुमोदन गरेको छ ।

आ.ब २०७१/७२ मा कोषले ४८ करोड ६८ लाख ९७ हजार रुपैया आम्दानी गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ३१ दशमलव २१ प्रतिसत बढि हो । आम्दानीमा कुल खर्च,कर अघिको नाफा र आयकर कटाएपछिको खुद नाफा १८ करोड ६१ लाख ४६ हजार रुपैया रहेको छ ।

सभाले कोषमा नयाँ संचालकहरु चयन गरेको छ । सर्वसाधरण सेयरधनीको तर्फबाट अशोक बुढाथोकी र अन्य बित्तिय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेश कुमार अग्रवाल निर्विरोध निर्वाचीत भएका कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । निर्वाचित संचालकको अवधि ५ बर्ष रहने छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top