World Tuberculosis Day 2025
sujim advert

टेलिकम्युनिकेशन उपकरणको आयात बढ्यो, १ बर्षमा ३१ अर्बको भित्रियो

    भदौ ८, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

काठमाडौं । नयाँ प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ । विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयलाई प्रविधिमैत्री बनाउन थालिएसँगै टेलिकमसम्बन्धि सामग्रीहरुको आयतामा पनि बृद्धि भएको छ ।

त्यसो त सरकारले २०२२ सम्म देशभर ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ । त्यस्तै स्मार्ट सिटीको अवधारणा ल्याएर त्यसमा गृहकार्य शुरु गरिसकेको छ । जसले गर्दा नेपालमा टेलिकम्युनिकेशन उपकरणको आयातमा पनि बृद्धि भएको दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले हालै सार्बजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्ष अर्थात २०७३ /७४ मा नेपालमा ३१ अर्ब १३ करोड रुपैयाँ बराबरको त्यस्ता उपकरण आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा करिव ७ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आवमा २४ अर्ब ४९ करोड रुपैयाँ बराबरको टेलिकम तथा सूचना प्रविधिसम्बन्धी उपकरण भित्रिएका थिए ।

गत आवमा चीनबाट मात्रै २४ अर्ब रुपैयाँको त्यस्ता उपकरण आयात भएको हो । त्यस्तौ सो अवधिमा तेस्रो मुलुकबाट ६ अर्ब रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण भित्रिएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top