sujim advert

चोरीको अभियोगमा तीन पक्राउ

    भदौ ८, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

रसुवा/राजस्व असुलीका लागि परीक्षण गर्न रसुवागढी भन्सार कार्यालय टिमुरेको पार्किङस्थलमा राखिएको कन्टेनर डिब्बाबाट सामान चोरी गर्ने तीनजनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार शनिबार राति तनिवटा कन्टेनरबाट ७१ हजार ३ सयबराबरको सामान चोरी भएको र चोरीमा संलग्न तीन व्यक्तिलाई सामानसहित पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका चिलिमेका २७ वर्षे कुशल तामाङ र सोही स्थानकै १७ वर्षे प्रदीप तामाङ रहेका छन् । चीनको केरुङबाट व्यापारीले ल्याएका बच्चाका कपडासहितका सामग्री कन्टेनर डिब्बाको साइट ढोका फोरेर चोरी गरेको बताइएको छ ।

पटक–पटक चोरीको घटना बढ्न थालेपछि त्यस क्षेत्रमा प्रहरी गस्ती बढाइएको प्रहरीले जनाएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top