२०८१, १४ बैशाख शुक्रबार

वातावरण प्रदूषण र अवैध नदीजन्य सामग्री उत्खनन उद्योग बेलकोटगढीमा थपिँदै

    भाद्र ८ २०७४ १२:०३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बेलकोटगढी/नुवाकोटमा उद्योग स्थापना हुने क्रम बढेसँगै स्थापना भइसकेका उद्योगलाई निगरानी, अनुगमन र निरीक्षण गर्ने निकाय मौन रहँदा वातावरण प्रदूषण र अवैध नदीजन्य सामग्री उत्खनन उद्योगहरू बेलकोटगढी नगरपालिकामा थपिँदै छन् ।

जिल्लामा उद्योग स्थापना भयो भनेर खुसी हुनुभन्दा पनि सरकारले तोकेको मापदण्ड पूरा नगरेको उद्योगलाई बेलैमा रोक्न नसक्ने हो भने काठमाडौंको जस्तै समस्या छिट्टै निम्तिने बताउँछन् त्रिशूली बचाउ अभियानका संयोजक उत्तम कँडेल । नुवाकोटको गल्छी–देवीघाट सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिकाको जिलिङ, रातमाटे, दुईपीपल क्षेत्रमा दुई वर्षअगाडिदेखि मापदण्डविपरीत उद्योग खुल्ने क्रम बढिरहेको छ । यस क्षेत्रमा अहिले नदीजन्य निर्माण सामग्रीका उत्खनन, प्रशोधन र अन्य प्रकृतिका उद्योगहरू थपिरहेका छन् । ती उद्योग सरकारले तोकेको मापदण्डअनुसार रहेका छन् कि छैनन्– त्यसबारे सम्बन्धित निकाय मौन हुँदा अवैध धन्दा गर्नेहरूको मनोबल बढिरहेको छ । विगत २ वर्षदेखि रातमाटेमा रहेको हीरा टेक्सटायल उद्योगले आईईईमा उल्लेख गरेबमोजिम मापदण्ड पूरा नगर्दा त्रिशूली नदी र त्यस क्षेत्रको वातावरण प्रदूषण भइरहेको छ । उद्योगबाट निष्कासन हुने रासायनिकयुक्त फोहोर पानी आईईईमा उल्लेख भएअनुसार फिल्टर प्लान्ट उद्योग हाताभित्र बनाई शुद्ध गरेर मात्र त्रिशूली नदीमा मिसाउनुपर्नेमा सीधै रसायनयुक्त प्रदूषण पानी जमिनमुनि पाइप बिछ्याई सीधै मिसाउँदा नदीमा रहेका जलचर प्राणी सङ्कटमा पर्दै गइरहेका छन् ।

उक्त उद्योगले औद्योगिक ब्वाइलरको सञ्चालनबाट निस्कने धुवाको प्रदूषण नियन्त्रण यन्त्र, उपकरणसमेत जडान नगरी सीधै खुला छाडिदिँदा त्यस क्षेत्रको वातावरण प्रदूषण भइरहेको छ ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालयले पटकपटक उक्त उद्योगलाई प्रदूषित रसायनयुक्त पानी र धुँवालाई आईईई प्रतिवेदनमा उल्लेख भएअनुसार उपकरण जडान गर्न स्थलगत अनुगमन गरी निर्देशन दिए पनि अटेर गरिरहेको छ । तीन वर्षअघि ललितपुरबाट प्रदूषण मापदण्ड पालना नगरेको भनी खेदिएको उक्त उद्योगले त्यहीँका पुराना उपकरण प्रयोग गरी रातमाटेमा उद्योग स्थापना गरेको थियो । उक्त उद्योगलाई उन्मुक्ति दिएपछि त्यस्तै प्रकृतिका आधा दर्जनभन्दा बढी उद्योग त्यस क्षेत्रमा स्थापना हुन लागेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top