sujim bazar advert

जापानको नदीमा वेपत्ता भएका नुवाकोटका युवक अझै भेटिएनन्

    भदौ ७, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

घटना अगष्ट १२ तारिख शनिबारको हो । जापानमा यत्तिबेला गर्मी बिदा चलिरहेको छ । यो गर्मी छल्न प्रायः मानिसहरु नजिकका नदी वा समुद्रमा गइ पौडीको मज्जा लिने गर्छन् ।

त्यो दिन दिउँसो ३ बजेतिर लिखु गाउँपालिका, बर्राफेदी नुवाकोटका दिवाकर लोहनी र उनका पाँचसाथीहरु तोचिगी नजिकैको नदीमा पौडी खेल्न गएका थिए ।

तर पौडीको मज्जा लिँदै गरेका लोहनी एकाएक वेपत्ता भए । घटना भएको आज ६ दिन भयो । तर, वेपत्ता भनिएका लोहनीको अझै अत्तोपत्तो छैन् । सन् २०१२ मा जापान आएका २६ वर्षीय लोहनी सेन्मोन गाक्कोउका विद्यार्थी रहेको बुझिएको छ ।

घटनालगत्तै तोचिगीस्थित प्रहरी सोही दिन उक्त घटनास्थलमा पुगी खोजी कार्य गर्दा पनि फेला नपरेपछि दुई दिनसम्म घटनास्थलमा प्रहरीको बिशेष फोर्स खटाई हेलिकप्टरबाट खोजी कार्य जारी राखेको प्रहरीले बताएको छ ।

प्रहरीले नदी बग्ने आसपासका जिल्ला चिबा र ओयामास्थित प्रहरीलाई समेत घटनाबारे सूचना दिइसकेको बताएको छ ।

प्रहरीले आफूहरुले निरन्तर खोजी गर्दा पनि केहि आधार फेला नपर्नुले घटना रहस्यमय हुन सक्ने आशंका गरेको छ । प्रहरीले खोजी कार्यका लागि आफूमातहतका सम्पूर्ण शक्ति प्रयोग गरेको बताएको छ ।

एनआरएनए जापानका प्रतिनिधिद्वारा घटनास्थलको निरीक्षण

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष देवीलाल भण्डारीसहितको एक टोलीले बिहीबार नुवाकोटका लोहनी वेपत्ता भएको घटनास्थलको निरीक्षण गरेको छ ।

एनआरएनए जापानको पहलमा गएको उक्त टालीले घटनास्थल पुगेर प्रत्यक्षदर्शी र प्रहरी प्रशासनमार्फत घटनाबारे जानकारी लिएको छ । भण्डारीको नेतृत्वको टोलीले नदी आसपासमा खोजी कार्य गरेपनि लोहनीको बारे केही तथ्य फेला पार्न सकेन् ।

भण्डारीसहितको टोलीमा तोचिगी कमिटीका संयोजक विकास बस्नेत, नुवाकोट समाजका जिवन के.सी, कास्की पोखरा समाजका शिवप्रसाद पौडेल, समाजसेवी राम थापा लगायत रहेका थिए ।

हामी निरन्तर प्रहरीसँगको सम्पर्कमा छौंः राजदूतावास

जापानस्थित नेपाली राजदूतावासले पनि यो घटनालाई गम्भीर रुपमा हेरेको बताएको छ । नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका लोहनीको बारेमा थप जानकारी लिन आफूहरु निरन्तर प्रहरीको सम्पर्कमा रहेको दूतावासले जनाएको छ ।

प्रहरीले वेपत्ता भनिएका लोहनीको खोजीसँगै घटनाबारे अनुसन्धान पनि गरिरहेको दूतावासले बताएको छ ।

© अनलाइनखबर

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top