२०८०, १६ मंसिर शनिबार
social securities awareness bidur municipality

तीज विशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    भाद्र ३ २०७४ १९:०२

pratik book and stationery center in nuwakot

सुनील श्रेष्ठ, खरानीटार / हिन्दू नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को अवसर पारेर तीज विशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

खरानिटार महिला समूहद्वारा आयोजित कार्यक्रममा जिल्ला समन्वयन समिति नुवाकोटका नवनिर्वाचित प्रमुख सन्तमान तमाङ र उप–प्रमुख अप्सरा थापाको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा जिसस नुवाकोटका प्रमुख सन्तमान तमाङ र उप–प्रमुख अप्सरा थापाले शुभकामना मन्तव्य राखेका थिए ।

teej-program-nuwakot-trishuli-web-tadi-rural-municipality

बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा भरमग्दुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए भने स्थानिय कलाकरहरुले प्रस्तुत गरेका नृत्यहरु, गायन तथा अन्य प्रस्तुतीले कार्यक्रमको साङ्गितिक माहोल झनै तताएको थियो । कार्यक्रमलाई रौनक बनाउन महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए ।

कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष नारायण प्रसाद पाण्डे, उपाध्यक्ष ईश्वरी उप्रेती, वडाध्यक्षहरु, सदस्यहरु तथा स्थानिय निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top