sujim advert

लाखेनाच प्रतियोगितामा त्रिशूली लाखे समूह पहिलो

    भदौ २, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

बटार/ नेवार समुदायको परम्परागत लाखेनाचको संरक्षण र प्रचारका लागि भन्दै नुवाकोटको बट्टार बजारमा आयोजित संगम लाखेनाच प्रतियोगितामा त्रिशूली लाखे समूह पहिलो भएको छ ।

संगम बचत तथा ऋण सहकारी संस्थाले १३औँ वार्षिकोत्सवका अवसरमा शनिबार सञ्चालन गरेको प्रतियोगितामा पीपलटार लाखे समूह कोलोनी दोस्रो तथा गँगटे लाखे समूह तेस्रो भएका थिए । प्रतियोगितामा बट्टार लाखे समूह र विदुर लाखे समूहले सान्त्वना पुरस्कार हात पारेका छन् । प्रतियोगितामा बगुवा लाखे समूहले उत्कृष्ट मुखुण्डोको पुरस्कार पाएको थियो ।

प्रतियोगितामा पहिलो हुनेलाई रु. २० हजार, दोस्रो हुनेलाई रु. १० हजार, तेस्रो हुनेलाई रु. पाँच हजार र सान्त्वना हुनेलाई रु. दुई हजार नगदसहित पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा नौ समूहले सहभागिता जनाएका थिए ।

विजयीलाई विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पुरस्कार वितरण गर्दै नेवार समुदायको लाखेनाच सबै नेपालीको पहिचान जनाउने संस्कृति भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने बताए ।

प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले जिल्लामा नेवार समुदायको बस्ती बाक्लो भए पनि लाखेनाचको प्रचलन सदरमुकाम र वरपर मात्र सीमित हुन थालेकाले नाचको महत्व दर्शाउनका लागि पनि प्रतियोगिता सञ्चालन गरी प्रचारप्रसार र संरक्षणमा सहयोग गरिएको बताए ।

नेवार संस्कृतिविद् नरेन्द्र प्रधानले जिल्लामा लाखे समूह २० भन्दा धेरै भए पनि अहिले प्रतियोगितामा थोरै मात्र सहभागी भएको बताउँदै लाखेनाच सञ्चालन गर्न खर्चिलो भएकाले नाच प्रदर्शन कम हँुदै गएको बताए । ‘सरकारी तवरबाट लाखेनाच संरक्षणको कुनै कार्य नभएपछि एउटा संस्थाले यसलाई प्राथमिकता दिनु राम्रो हो,’ उनले भने, ‘संस्कृति संरक्षणमा सबै सङ्घसंस्था र व्यक्ति सक्रिय हुनुपर्छ ।’

जिल्लामा बट्टार, बेत्रावती, देवीघाट, त्रिशूली, दुईपीपल, नुवाकोट, खरानीटार, रालुका, तारुकालगायत स्थानमा गाईजात्राका अवसरमा लाखेनाच प्रदर्शन गरिन्छ । पछिल्लो समय भने नाच लोपोन्मुख अवस्थामा रहेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top