२०८१, १३ बैशाख बिहीबार

जिल्लास्तरीय लाखे नाच प्रतियोगिताकाे तयारी पूरा

    श्रावण २७ २०७४ २१:२७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

सुनील श्रेष्ठ / नेवार समुदायको परम्परागत लाखे नाचको संरक्षण र प्रचारको लागि भन्दै संगम बचत तथा ऋण सहकारीको आयोजनामा साउन २८ शनिवार हुने जिल्ला स्तरिय लाखे नाच प्रतियोगिताकाे तयारी पूरा भएकाे छ ।

सहकारीको १३ औं वार्षिकी साधारण सभाको अवसरमा नुवाकोटको व्यापारिक केन्द्रको रुपमा परिचित विदुर नगरपालिका वडा नं. ४ मा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा संचालन हुन लागेको हो । सांस्कृतिक परम्परा र लोक नृत्यहरुको संरक्षणमा पनि सहकारीले पाइला चालेको छ ।

नेवार समुदायमा मात्र सिमित हुन थालेकोले नाचको महत्व दर्शाउनको लागि पनि प्रतियोगिता संचालन गर्न लागेको लाखे नाच प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले बताए ।

प्रतियोगितामा १५ समुहले सहभागिता जनाउने अपेक्षा गरिएको र विजेता समुहलाई नगदराशीद्वारा पुरस्कृत गरिने र प्रतियाेगिताकाे प्रत्यक्ष प्रशारण टिभि त्रिशुली र फेसबुक लाइभ मार्फत गरिने संयोजक श्रेष्ठले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top