sujim bazar advert

नुवाकोटमा २६ तोला सुन, आधा किलो चाँदी र नगद चोरीयो

    भदौ १२, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

gold jewelry
Big Education Consultancy Nuwakot
global ime bank flash loan

भदौ १२, नुवाकोट | नुवाकोटको दुप्चेश्वर गाँउपालिका-६ मा पर्ने समुन्द्रटारमा रहेको एक सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ ।

समुन्द्रटारका तिलकमान डंगोलको घरमा भाडा तिरी सुनचाँदी पसल चलाउँदै आएका विदुर नगरपालिका-२ का रामशरण गहतराजको सुन पसल चोरी भएको हो । २६ तोला सुन सहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ ।

पसल बन्द गरेर श्रीमतीको उपचारको लागि साउन २९ गते काठमाडौँ गएका गहतराजले आज पसल खोल्दा पसलमा रहेको सुन-चाँदी र पैसा हराएको थाहा पाएका थिए । आफ्नो पसलबाट सुन चोरी भएको थाहा पाएपछी उनले नजिकैको प्रहरी चौकीमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय खरानीटारको अनुसार सुनचादी पसलमा चोरी भएको जानकारी पाएपछी अनुसन्धान सुरु भएको जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top