sujim advert

नुवाकोटमा २६ तोला सुन, आधा किलो चाँदी र नगद चोरीयो

    ८ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

gold jewelry
bidur tax consultancy services in nuwakot

भदौ १२, नुवाकोट | नुवाकोटको दुप्चेश्वर गाँउपालिका-६ मा पर्ने समुन्द्रटारमा रहेको एक सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ ।

समुन्द्रटारका तिलकमान डंगोलको घरमा भाडा तिरी सुनचाँदी पसल चलाउँदै आएका विदुर नगरपालिका-२ का रामशरण गहतराजको सुन पसल चोरी भएको हो । २६ तोला सुन सहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ ।

पसल बन्द गरेर श्रीमतीको उपचारको लागि साउन २९ गते काठमाडौँ गएका गहतराजले आज पसल खोल्दा पसलमा रहेको सुन-चाँदी र पैसा हराएको थाहा पाएका थिए । आफ्नो पसलबाट सुन चोरी भएको थाहा पाएपछी उनले नजिकैको प्रहरी चौकीमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय खरानीटारको अनुसार सुनचादी पसलमा चोरी भएको जानकारी पाएपछी अनुसन्धान सुरु भएको जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top