sujim bazar advert

वार्षिक अर्बौं कमाउँछन्, यी विश्वकै धनी पत्रकारहरु!

    भदौ १२, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

पत्रकारितालाई शोखको पेशा भनिन्छ । अर्थात यो कमाइका लागि भन्दा पनि आफ्नो रहरले गर्ने काम हो । पत्रकारिताका अनेका परिभाषा बनेका छन् । बनेका अधिकांश परिभाषाले यो कामलाई बढी उत्तरतदायीसहितको भुमिकाका रुपमा ब्याख्या गरेका छन् । आम्दानी यो पेशामा पहिलो प्राथमिकतामा पर्दैन । नेपालजस्तो देशमा त सामान्य आम्दानीको पेशाका रुपमा पत्रकारिता रहेको छ । तर यहिं पेशामा रहेर चर्चासँगै अर्बौ कमाउनेहरु पनि छन् । यहाँ विश्वकै त्यस्ता धनी पत्रकारको परिचय समावेश गरिएको छ । ट्रेण्डआरआरनेटले सार्वजनिक गरेको सन् २०१७ का सबैभन्दा धनी पत्रकारको सुची यस्तो छ ।

एण्डर्सन कुपर, अमेरिका, १० करोड डलर


टेलिभिजन पर्सनालिटी एण्डर्सन कुपर अमेरिकामा निकै रुचाइएका ख्यातीप्राप्त पत्रकार हुन् । अमेरिकी समाचार संस्था सीएनएनमा ‘एण्डर्सन कुपर ३६० डिग्री’ होष्ट गरिरहेका यी पत्रकारको कुल सम्पत्ति १० अर्ब रुपैयाँ (१० करोड डलर) भन्दा माथि छ । उनको बार्षिक कमाइमात्रै करिब डेढ अर्ब(एक करोड १० लाख) रुपैयाँ छ । त्यसो त कुपरका परिवार आफै पनि धनीहरुको सुचीमा छ जो अर्बौंको सम्पत्तिका मालिक पनि हुन् ।

जुलियन असान्ज, अष्ट्रेलिया


गोप्य तथ्य तथा समाचार सार्वजनिक गरेर शक्तिशाली देशलाई नै हैरान बनाइदिएका यी अष्ट्रेलियाका साहसी पत्रकार आम्दानी पनि राम्रो गर्छन् । विकिलिक्सका निर्देशक असान्ज कम्प्युटर ह्याकर पनि हुन् । ह्याकिङको आफ्नो सिपले धेरैको निद्रा यीनले हराइदिएका छन् । आफ्नो अटोग्राफिबाटै १३ करोड रुपियाँभन्दा माथि आम्दानी गरेका यी पत्रकारिता छविका असान्जले विकिलिक्सबाटै ८ करोड ६० लाख डलर अर्थात करिब ९ अर्ब रुपैयाँ आम्दानी गरेका छन् ।

जेम्स मे, ब्रिटेन

बीबीसी च्यानलमा चर्चित मोटर सो ‘टप गियर’का होष्ट जेम्स डेनियल मे डेली मेलमा पनि अटोसँग सम्बन्धित नियमित कोलममा लेख्ने गर्छन् । उनी आफै पनि ग्राण्ड टुरसँग सम्बन्धित काम गर्छन् । प्रविधि र पर्यटनसँग सम्बन्धित उनका टेलिभिजन प्रस्तुतीका पाठक पनि बाक्लै छन् । हँसिलो अनुहारका धनी मे कबिर दुई अर्ब रुपैयाँ सम्पत्तिका मालिक हुन् ।

जेकी गुइरिडो, अमेरिका


‘बोल्ड एण्ड हट’ जेकीका आफ्नै किसिमका फ्यान छन् । पियोर्टो रिकान टेलिभिजनमा मौसमसँग सम्बन्धित समाचार पढ्ने यी पत्रकार दुई सन्तानकी आमा पनि हुन् । चर्चित गायक डन ओमर उनका पति हुन् । अमेरिकाको एचबीसी रेडियोमा पनि काम गरेकी जेकीको सम्पत्ति एक अर्ब रुपैयाँ सम्पत्तिकी मालिक पनि हुन् ।

मिलो यिन्नोपोलस, ब्रिटेन


आफ्नो किताब ‘डेन्जरस‘मार्फत थप चर्चा बटुलेका यी बेलायती पत्रकार मिलो विशेषत प्रविधिसँग सम्बन्धित लेखका कारण पत्रकारितामा ख्यातीप्राप्त छन् । वायर्ड, टेकक्रन्चजस्ता चर्चित साइटमा काम गरिसकेका मिलोसँग ४० करोड रुपैैयाँभन्दा बढी सम्पत्ति छ ।

लिजा मेरि जोयनर


केटीटीभी की यी सुन्दर समाचारवाचिका लिजा एबीसी नेटवर्कमार्फत प्रसारण हुने ‘माइ फेमलि सो’ ले पनि चर्चामा छिन् । कलाकार जोन क्रायरसँग विवाहित यी पत्रकार पनि ४० करोड रुपैयाँ सम्पत्तिको मालिक हुन् ।

© Trendrr


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top