२०८०, १६ चैत्र शुक्रबार

सहकारीकर्मीले थाहा पाउनै पर्ने यी १४ कुरा !

    भाद्र १० २०७४ १७:०१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

१) सहकारी संस्था व्यवसाय गर्ने संस्था हो यसले आफ्ना सदस्यहरुको पेशा व्यवसायलाई सेवा र टेवा पु-याई सदस्यको आर्थिक र सामाजिक विकास गर्ने उद्देश्य राखेको हुन्छ ।

२) सहकारीले कारोवार गर्ने वस्तु गुणस्तरयुक्त हुन्छ र यसले उचित तौलमा वस्तु उपलब्ध गराउँछ ।

३) सहकारी संस्था सदस्यहरुको मात्र हो, सदस्यहरुको लागि नै हो, सहकारीमा राजनीति गर्नु हुदैन ।

४) सहकारी साझा स्वामित्व भएको स्वायत्त र स्वतन्त्र संगठन हो ।

५) सहकारी संस्थाको संचालन तथा नियन्त्रण लोकतान्त्रिक नियन्त्रण पद्दति अनुसार सदस्यहरुबाट नै हुने भएकाले संस्थाका हरेक क्रियाकलापमा सदस्यहरुको सक्रिय सहभागिता हुनु पर्दछ । सदस्यहरुले संस्थाको कारोवार र हिसाव किताब वारे नियमित रुपमा जानकारी लिनु पर्छ ।

६) यो व्यवसायले धनि र गरिब विचको खाडललाई कम गर्न मद्दत गर्दछ ।

७) एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको आदर्श हो ।

८) वार्षिक साधारण सभा सर्वोच्च निकाय हो र सबै सदस्यहरुले सक्रिय रुपमा सहभागी भई आफ्नो विचार राख्न, छलफलमा भाग लिन, निर्णय गर्न एवम् मतदान गर्न नर्विसौं ।

९) परस्परमा मिलेर समस्या समाधान गर्नु नै सहकारीको मूलमन्त्र हो ।

१०) क्षणिक आवेगमा आई अथवा अरुको देखासिकिमा लागेर सहकारी संस्था दर्ता गर्नु राम्रो हुँदैन ।

११) संस्था दर्ता गरि सके पछि यसलाई निरन्तरता दिऔ, एक पटक दर्ता भएको संस्था विघटन गर्न लामो प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ । दर्ता गर्न जति सजिलो छ, विघटन गर्न त्यति नै गाह्रो पर्छ ।

१२) सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको उत्पादन बृद्धि गर्न आवश्यक पर्ने पूँजी, प्रविधिक लगायतका उत्पादन सामाग्रीहरु सदस्यलाई उपलब्ध गराउने तथा सदस्य उत्पादनको बजारीकरण गर्ने कार्यमा समेत सेवा र टेवा पु-याइ सदस्यहरुको आर्थिक विकास गर्ने गरी आफ्ना कार्यक्रमहरु संचालन गर्नु पर्दछ ।

१३) सहकारी व्यवसायले सदस्यहरुको हितमा व्यवसाय संचालन गरी सदस्यलाई पेशा व्यवसायबाट आय आर्जन गराइदिन्छ भने संस्थामा भएको नाफाको निश्चित हिस्सा शेयर लगानी र कारोवारको आधारमा सदस्यहरुलाई वितरण गर्दछ, जसले गर्दासदस्यले दोहोरो फाइा प्राप्त गर्दछ । सहकारी व्यवसायमा प्रतिफलको वितरण न्यायोचित ९समतामूलक० ढंगले गरिन्छ ।

१४) बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुसंग कारोवार गर्दा सो संस्थाको कार्यक्षेत्र आफू वसेको गाउँ ठाउँमा छ कि छैन, साधारण सभा, संचालक समिति र लेखा समितिको नियमित बैठक बसी संस्थाको संचालन र नियन्त्रण गरिएको छ छैन संचालक समितिका पदाधिकारीहरु स्थानीय कार्यक्षेत्रभित्रका शेयर सदस्यहरु हुन् होइनन् लगायतका सम्पूर्ण कुराहरु बुझी संस्थाको शेयर सदस्य बनेर शेयर सदस्यताको प्रमाण पत्र लिएर मात्र बचत जम्मा गर्नु पर्दछ । बचत जम्मा गरेपछि बचत जम्मा गरेको प्रमाण लिन तथा आफ्नो बचतको अभिलेख संथामा भए नभएको बारेमा सँधै चनाखो रहनु पर्दछ ।

© सहकारीखबर

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top