sujim bazar advert

नुवाकोटमा साउन १५ भब्य बनाईदै, वृत्तचित्र प्रदशनीको तयारी पूरा

    साउन ७, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

बसिवियालो नुवाकोटको आयोजनामा विदुरमा साउन १५ गते विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको छ । खिर खाने दिवसको रुपमा चिनिएको साउन १५ गते साहित्यिक रचना वाचन र छोटो चलचित्र देखाइने आयोकजले जनाएको छ ।

आयोजक संस्थाका क्षितिज थापा मगरका अनुसार नुवाकोट जिल्लाका श्रष्टाहरुको जमघटमा विभिन्न साहित्यिक रचना वाचनको साथमा डकमुमेन्ट्री र छोटो चलचित्र प्रर्दशनी गरिने भएको हो ।
नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले मानव बेचविखनको बिषयमा तयार गर्नुभएको डकुमेन्ट्री र रंगमर्की बिजय विष्फोटले तयार गर्नुभएको बैदेशिक रोजगारसंग सम्वन्धित छोटो फिल्मको प्रर्दशनी गरिने छ ।
विदुर स्थित सुखद् पाहुना घरमा आयोजना गरिएको उक्त कार्यक्रममा निःशुल्क प्रवेश रहेको बताइएको छ । साहित्यमा रुची राख्ने र वैदेशीक रोजगार र मानव विक्रिको विषयमा जानकारी लिन चाहानेहरुलाई आयोजकले साउन १५ गते दिउँसो ११ बजे विदुरमा बोलाएको छ ।
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top