बसिवियालो नुवाकोटको आयोजनामा विदुरमा साउन १५ गते विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको छ । खिर खाने दिवसको रुपमा चिनिएको साउन १५ गते साहित्यिक रचना वाचन र छोटो चलचित्र देखाइने आयोकजले जनाएको छ ।
आयोजक संस्थाका क्षितिज थापा मगरका अनुसार नुवाकोट जिल्लाका श्रष्टाहरुको जमघटमा विभिन्न साहित्यिक रचना वाचनको साथमा डकमुमेन्ट्री र छोटो चलचित्र प्रर्दशनी गरिने भएको हो ।
नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले मानव बेचविखनको बिषयमा तयार गर्नुभएको डकुमेन्ट्री र रंगमर्की बिजय विष्फोटले तयार गर्नुभएको बैदेशिक रोजगारसंग सम्वन्धित छोटो फिल्मको प्रर्दशनी गरिने छ ।
विदुर स्थित सुखद् पाहुना घरमा आयोजना गरिएको उक्त कार्यक्रममा निःशुल्क प्रवेश रहेको बताइएको छ । साहित्यमा रुची राख्ने र वैदेशीक रोजगार र मानव विक्रिको विषयमा जानकारी लिन चाहानेहरुलाई आयोजकले साउन १५ गते दिउँसो ११ बजे विदुरमा बोलाएको छ ।
प्रतिक्रिया