sujim bazar advert

प्रहरीमा मुद्दा संख्या घट्यो

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

जिल्ला प्रहरी कार्यालय नुवाकोटले आर्थिक बर्ष २०७२/७३ मा भए गरेका सबै क्रियाकलापहरुको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

विगतका बर्षहरुमा देखिएको मुद्दा दर्ताको तुलनामा पछिल्लो समय अपराधिक घटनाहरुमा कमि आएको देखिएको छ । आर्थिक बर्ष २०७०/७१ मा २ सय २४ ओटा मुद्धा दर्ता भएको थियो भने ७१/७२ मा २ सय २० ओटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यस्तै यस आर्थिक बर्षमा मुद्दाको संख्यामा घटि जम्मा १ सय ६० वटा मात्रै मुद्दा दर्ता भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक देब बहादुर बाहोराका अनुसार यस आर्थिक बर्षमा फरार अपराधी सहित ९९ जना पक्राउ गरेको बताउनु भएको छ । साथै पक्राउ भएका अपराधिहरुबाट ५७ बर्ष ६ महिना कैद सजाय र सात लाख भन्दा बढि जरिवाना रकम असुल गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले यस आर्थिक बर्षमा भए गरेका सबै क्रियाकलापहरुको बारेमा जानकारी दिँदै गत आर्थिक बर्षहरुमा दर्ता भएका मुद्धाहरुको फरार अपराधिहरु सहित यस बर्ष ९९ सय जना अपराधिहरु जिल्ला प्रहरी कार्यालय नुवाकोटको नियन्त्रणमा रहेको बताए ।

घटना तथा मुद्दामा कमी आउनुमा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले गर्ने गरेको चेतना मुलक कार्यक्रम नै प्रमुख रहेको उनले बताए । जिल्लामा भुगोलको र जनसंख्याको हिसाबले प्रहरीको दरबन्दी र चौकीसमेत अभाव रहेको प्रहरीले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top