sujim advert

चार सय मौलिक घरको एउटा गाउँ

    साउन ९, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

भूकम्पपछिको पुनर्निर्माणलाई व्यवस्थित रुपमा गर्न आवश्यक रहेको बेलामा नुवाकोटमा भने सम्पदा गाउँको निर्माण गर्ने अभियान सुरु भएको छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्वको नुवाकोट दरवार क्षेत्रमा पहिलो चरणमा सम्पदा गाउको निर्माण गरिने भएको छ । शुक्रवार विदुरमा आयोजित कार्यक्रममा सहभागीहरुले नेपाली मौलिकता जोगाउने खालको घर निर्माण गर्नुको साथै व्यवहारमा पनि मौलिकता हुनु आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले भूकम्पको कारण धेरै क्षति भए पनि सम्पदा गाउको रुपमा निर्माण गर्ने अवसर प्रदान गरेको बताउदै यसका चुनौतीहरुलाई पार गरेर अघि बढ्न सके नमूना काम हुने बताए । पोखरेलले नुवाकोटमा लुकेर रहेका ऐतिहासिक महत्वलाई बाहिर ल्याउन सकेमा नुवाकोट सांस्कृतिक केन्द्रको रुपमा विकास हुने बताए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले मूर्त मात्र सम्पदा नभई अमूर्त पनि सम्पदा हुने भएकोले सांस्कृतिक पक्षलाई विशेष ध्यान दिनुपर्ने बताए । उनले अहिलेको गुरु योजनामा मूर्त मात्र नभई अमूर्त पक्षलाई समेट्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले पुराना प्रविधिहरुलाई उपयोग गर्दै सम्पदा गाउ निर्माण गर्न सुुझाव दिए । नेकपा एमालेका विन्दा ढुंगानाले सम्पदा गाउ निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउदै संस्थाले प्राविधिक सहयोग गरेमा सम्पदा गाउ निर्माण हुने बताइन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका लिलानाथ न्यौपानेले सम्पदा गाउ निर्माण अभियान राष्ट्रिय मात्र नभई अन्तर्राष्टिय अभियान भएको बताए ।

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष विष्णुप्रसाद सापकोटाले नुवाकोटमा सम्पदा गाउ निर्माणको साथमा सबै कोटहरुमा उक्त गाउको अभियान चलाउन पर्ने बताए । राप्रपाका अध्यक्ष झनक प्याकुरेलले नुवाकोटलाई ऐतिहासिकको साथै धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्दा समस्या र अफ्ठयाराहरुलाई सम्बोधन गर्न सबैको साथ आवश्यक रहेको बताए ।

नयाँ शक्ति नेपालका नवराज ढुंगानाले नुवाकोटसँग जोडिएको ऐतिहसिक मार्गहरुको पुनर्निर्माण गरि सञ्चालनमा ल्याउन सुझाव दिए । कार्यक्रममा पर्यटन व्यवसायी सुमन पाण्डेले सम्पदा गाउको अबधारणा प्रस्तुत गरेका थिए । नुवाकोट सम्पदा गाउँको आयोजनामा भएको कार्यक्रममा विदुर नगरपाकिलाका कार्यकारी अधिकृत प्रेमकुमार रसाइली लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

सम्पदा गाउँ निर्माणको लागि साउन १५ गतेभित्र ८ वटा घर निर्माण गरिसक्ने र आगामी दिनमा ४ सय भन्दा बढी घर निर्माण गराउने योजना रहेको नुवाकोट सम्पदा गाउँका अध्यक्ष पुष्कर शर्मा रिमालले बताए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top