२०८१, ७ बैशाख शुक्रबार

प्रहरीमा ‘प्रहरी मेरो साथी’ अभियान

    श्रावण २ २०७३ १६:१६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले आजदेखि प्रहरी मेरो साथी अभियान सुरू गरेको छ । दुई वर्ष अघि सुरू गरेको ‘मुस्कान सहितको प्रहरी सेवा’अभियानबाट नागरिकहरूले खासै प्रभावकारी सेवजा पाउन नसकेपनि प्रहरीले मेरो साथी अभियानको सुरू गरेको हो ।

देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियान अनुरूप जिल्ला प्रहरी कार्यलय नुवाकोटमा पनिे प्रहरी मेरो साथी अभियान सुरू गरेको प्रहरीले जनाएको छ । प्रहरी मेरो साथी अभियान नुवाकोट जिल्लामा उद्घाटन गर्दै जिल्ला न्यायधिश अजयराज उपाध्ययले प्रहरी संगठनको छवी, प्रतिष्ठा र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग गर्दै समाजको सकारात्मक परिवर्तनमा टेवा पु¥याउन प्रहरी मेरो साथी अभियानले सहयोग पुग्ने दावी गरे ।

उपाध्यायले प्रहरी र जनता र समुदाय बीच मजबुत सम्बन्ध अहिलेको आवश्यकता भएकोले जनता र प्रहरीको सम्बन्धलाई थप मजबुत र विश्वासिलो बनाउन कार्यक्रम प्रभावकारी हुने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले नागरिक बिना बर्दीको प्रहरी र प्रहरी बर्दीका नागरिक भएकाले प्रहरीको जिम्मेवारी बहन गर्नको लागि नागरिक र प्रहरीको सम्बन्धमा आत्मीयता हुनु आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी उपरीक्षक देबबहादुर बोहोराले शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीले नागरिक सामु बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै राज्यले समाजमा शान्ति कायम गर्न प्रहरीलाई जिम्मेवारी सुम्पेकोले समुदायमा प्रहरी सेवा प्रभाबकारी बनाउन प्रहरी मेरो साथी अभियान सुरू भएको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका सचिब सुरेन्द्रराज अधिकारी, नेकपा एमाले नुवाकोटका सचिव वुद्धि प्रधान, नेकपा माओवादी केन्द्र नुवाकोटका लिलानाथ न्यौपाने, राप्रपा नेपाल नुवाकोटका उपाध्यक्ष बिष्णुप्रसाद सापकोटा, नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डित, सैन्य तालिम केन्द्रका केन्द्रपति रामकृष्ण थापा, श्रीनाथ गण देवीघाटका गणपति रोहित गुरूङ, नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति सुरथबहादुर चित्रकार, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीलगायतको सहभागीता थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top