sujim bazar advert

पत्रकारहरूलाई बिपत व्यवस्थापन तालिम

    साउन २, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नेपाल पत्रकार महासंघले नुवाकोटका पत्रकारहरूलाई बिपत व्यवस्थापन सम्बन्धी तालिम दिएको छ । तालिममा सहभागी पत्रकारहरूलाई बिपतको अवस्थामा गर्नु पर्ने पत्रकारीताको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब संगीता खड्काले बिपतपछि समाचार संकलन र लेखन गर्दा जान्नैपर्ने कुराहरूलाई विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ ।

साथै विपत जस्तो समयमा पनि हुने भएकोले विपतको समयमा पत्रकारीता गर्दा ध्यान दिनुपर्ने कुराहरूको जानकारी गराउनको लागि नेपाल पत्रकार महासंघको सहयोगमा बिपत व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको बताइन् ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष प्रकाश अधिकारीले नुवाकोटको पत्रकारहरूको अवस्था बारे जानकारी गराउनुभएको थियो । बिपत व्यवस्थापन सम्बन्धी धेरै प्रकारका समाचारहरू सम्प्रेशण गर्दै आएको समयमा नुवाकोट जिल्लामा पत्रकारीता गर्ने पत्रकारहरूलाई अझै क्षमता अभिवृद्धि गराउन तालिमले सहयोग पुर्याउने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघको आयोजनामा भएको बिपत व्यवस्थापन सम्बन्धी तालिममा नुवाकोट जिल्लामा कार्यरत पत्रकारहरूको सहभागीता रहेको थियो । तालिमलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब संगिता खड्का, केन्द्रिय सदस्य राजु लामा, लक्की चौधरी र हिमालयन टेलिभिजनका पत्रकार नारायण पौडेलले सहजीकरण गरेका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top