२०८१, १२ बैशाख बुधबार

नदीहरूमा अवैध उत्खनन तीव्र

    श्रावण २ २०७३ १५:०३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

त्रिशूली नदीबाट अबैध रूपमा बालुवा उत्खनन र ढुवानीको लागि प्रयोग भएको ट्रिपर र स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार रातमाटे गाविस वडा नं. १ महादेवफाँटमा त्रिशूली नदीमा अवैध रूपमा बालुवा झिक्न प्रयोग भएका साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ११ वटा ट्रिपर र त्यसका चालकलाई समेत पक्राउ गरिएको हो । प्रक्राउ पर्ने चालकहरूमा ८ जना धादिङ जिल्लाका, एक जना दोलखा, एक जना मकवानपुर र एक जना सुनसरीका रहेका छन् ।

प्रहरीले बा ३ ख ५३१८ नम्बरको ट्रिपर र ट्रिपरका चालक गोगनपानी–१ धदिङका सहदेव नेपाल, बा ३ ख ५८०८ नम्बरका ट्रिपर र चालक महेन्द्रनगर–१ सुनसरीमा अशोक श्रेष्ठ, बा ३ ख ३८३३ नम्बरको ट्रिपर र चालक बैरेनी–९ धादिङका जीवन भण्डारी बा ३ ख ४४९१ नम्बरको ट्रिपर र चालक नौविसे–२ धादिङका अर्जुन कुवरलाई पक्राउ गरेको हो ।

यस्तै बा २ ख ७२५१ नम्बरको ट्रिपर र चालक डाडाखर्क–३ मकवानपुरका तिलक लामा, बा ३ ख २७९२ नम्बरको ट्रिपर र चालक भुमेस्थान–६ धादिङका सुरज तामाङ, बा ३ ख ६९३९ नम्बरको ट्रिपर र चालक जीवनपुर–८ धादिङका श्याम तामाङ। ब ४ ख १६७३ नम्बरको ट्रिपर र चालक महादेववेसी–४ का ठूलोकान्छा राई, बा ४ ख ३५२४ नम्बरको ट्रिपर र बैरेनी–८ धादिङका जयराम भण्डारी, बा ३ ख ८३१० नम्बरको ट्रिपर र बेला–३ दाङका किरण कुवर र ना ६ ख ६६९८ नम्बरको ट्रिपर र चालक कटाकुटी–१ दोलखाका विर्खबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले एक थान स्काभेटर र लोडरको तीन वटा व्याट्री पनि नियन्त्रणमा लिएको छ । अबैध रूपमा बालुवा उत्खनन् र ढुवानी गरिरहेको अबस्थामा पक्राउ परेका चालक र सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालयले कारवाहीको लागि जिल्ला विकास समिति नुवाकोटलाई शुक्रबार नै बुझाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top