sujim bazar advert

११ थान ट्रिपर प्रहरीको नियन्त्रणमा

    असार २६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

अबैध बालुवा उत्खनन्मा प्रयोग भइरहेको ११ थान ट्रिपर आज जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिएको छ ।

रातमाटे क्षेत्रबाट नियन्त्रणमा लिइएको उक्त ट्रिपर जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट परिसरमा राखिएको छ । अबैध रुपमा त्रिशुली नदीबाट बालुवा निकालिरहेको समयमा ति ट्रिपरहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

पछिल्लो समय अवैध रुपमा नदीबाट भइरहेको बालु उत्खनन्मा स्थानीय प्रशासन र प्रहरी मौन रहँदै आएकोमा यो वर्खामा पहिलो पटक प्रहरी कारबाही भएको हो । अघिल्ला वर्षहरुमा जिल्ला विकास समिति, जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय र जिल्ला प्रशासन कार्यालयले आ–आफ्नो तर्फबाट अबैध खानी नियन्त्रण देखि नदीमा मेसिन लगाएर बालुवा झिक्नेलाई नियन्त्रण गर्दै आएको थियो ।

यो पाली भुकम्प पछिको पुर्न निर्माणाको लागि भन्दै बालुवा माफियाहरुले नदीमा मेसिन प्रयोग गर्दा पनि प्रहरी र प्रशासनले मौन रहेको नागरिकहरुले पटक पटक गुनासो गरेका थिए ।

आज जिल्ला प्रहरी कार्यालयले ट्रिपर नियन्त्रणमा लिएसंगै नदीमा हुने अबैध कार्य नियन्त्रणका लागि केही सघाउ पुग्ने नदी संरक्षणमा जुटेकाहरुले बताएका छन् ।

नुवाकोट जिल्लाको त्रिशुलीमा बढी बालुवा मेसिन लगाएर झिक्ने गरेको भएपनि तादी र लिखु खोलामा पनि उत्तिकै प्रयोग हुँदै आएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top