sujim bazar advert

आदिवासीको तालिम सुरु भयो

    असार २१, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

गोसाइँकुण्ड सञ्चार / बट्टार, २० असार । आजबाट नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय परिषद विदुरको आयोजनममा पाँच दिने जनचेतना तथा क्षमता अभिबृद्दी कार्यक्रम सुरु भएको छ ।

विदुर नगरपालिकाको कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । तालिममा मानवअधिकार शिक्षा क्लव नुवाकोटको निवर्तमान अध्यक्ष एवं आदिवासी जनजाती नुवाकोट अध्यक्ष तथा प्रमुख प्रशिक्षक भगवान राना मगर, शिक्षक समाज नेपाल केन्द्रिय परिषद सदस्य एवं नुवाकोट संयोजक तथा प्रशिक्षक चन्द्रलाल तामाङ, महिला मानव आधिकार रक्षक जिल्ला सञ्जाल नुवाकोटको अध्यक्ष शर्मिला थापा मगर, बिर बहादुर तामाङ, बच्चु माया सुनारी मगर र मनिषा थापा मगरले सहजीकरण गरिरहनुभएको छ ।

तालिममा नेतृत्व विकास, उदघोषण कला, आइएलओ १६९, जलवायु परिवर्तन, सङघियता, महिला हिन्सा तथा आधिकार, आदिवासी जनजाती बारे सयुक्त राष्ट्रसंघिय मानव अधिकार घोषणपत्र २००७, सञ्जाल सन्जालिकरण, आदिवासी जनजाति र आधिकार भुकुम्प्प रेडप्लस, सफल प्रशिक्षक, बक्तृत्व कला, जन वकालत, कार्य योजना लेखन आदि बिषयमा जानकारी गराइने बताइएको छ ।

नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय परिषद् बिदुरका अध्यक्ष चन्द्रलाल तामाङको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top