sujim bazar dashain tihar bumper offer

रावश्व संकलन प्रभावित

    असार २१, २०७३

sizen education study in Japan
ananda Jewellery shop

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

गोसाइँकुण्ड सञ्चार / विदुर, १८ असार । नेपाल चीनको सीमा नाका रसुवागढीमा पहिरोका कारण राजस्व संकलनमा प्रभावित भएको छ ।

स्याफ्रुबेसी रसुवागढी सडक पहिरोका कारण पटकपटक अवरुद्ध हुँदा रसुवागढीबाट आवतजावत गर्ने यातायात साधनमा कमी आउँदा राजस्व संकलन घटेको हो ।

नेपाल र चीनको लागि अहिले रसुवागढी नाकामात्रै सञ्चालित रहेको छ । तातोपानी नाका बन्द भएका कारण रसुवागढी नाकामा आयात निर्यात बढिरहेको अवस्थामा वर्षाले पहिरो जाँदा राजस्व संकलन प्रभावित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

पहिरोका कारण तीन दिनअगाडि पार्किङ गरेर राखिएका २५ वटा कन्टेनरमा क्षति पुगेको थियो । सामान लिन पुगेका कन्टेनरमा क्षति पुगेपछि व्यवसायीसमेत त्रसित भएका छन् ।

स्याफ्रुबेसी रसुवागढी मार्गको पहिरोग्रस्त क्षेत्रमा पहिरो नियन्त्रणका स्थायी उपाय गरिनुका साथै स्काभेटर निरन्तर राखिनुपर्ने रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङनुर्वु तामाङले बताउनुभएको छ । रसुवागढी भन्सार कार्यालयले गत कात्तिकदेखि हालसम्म एक अर्ब ८१ करोड ७७ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यातायात सहज भएका बेला रसुवागढी भन्सार कार्यालयले एकै दिन १० लाखदेखि एक करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top