sujim bazar advert

क्षतिपुर्तीको लागि निर्देशन

    असार २१, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर, १९ असार । नुवाकोटको गेर्खु गाउँ विकास समिति वडा नं. ४ गैरीखर्कमा विद्युत् लाइनका पोल ढल्दा स्थानीयवासीको घरका उपकरण लगायत अन्य सामग्रीहरु क्षति भएकोमा त्यसको क्षतिपुर्ती दिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

मंगलबार १४ गते हाइभोल्टेजका कारण भएको क्षतिको मूल्याङ्कन गरी क्षतिपुर्ती रकम तुरुन्त दिन नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, स्थानीय विकास अधिकारी केशरबहादुरर पण्डित र जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेललगायत मुख्य राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु वीचको वैठकले निर्देशन दिएको हो । त्यसका लागि क्षतिको मुल्याङ्कनका लागि प्राविधिक टोली खटाउने, क्षतिपुर्तीको व्यवस्था नेपाल विद्युत प्राधिकरणले दिने, सुरक्षाको प्रवन्ध जिल्ला प्रशासनले गर्ने, ढलेको पोलको व्यवस्था विद्युत प्राधिकरणले गर्ने निर्णय भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।

जिल्ला विकास समितिको कार्यालय विदुरमा भएको सर्वपक्षिय भेलाले गेर्खु गाविस वडा नं. ४ गैह्रीखर्कमा भएको क्षतिको मूल्याङ्कन गर्न माधव महत, जयगोपाल शाह र हरिकृष्ण पाण्डे सम्मिलत एक समिति समेत बनाइएको छ । समितिको मूल्याङ्कनपछि नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्तीको व्यवस्था गर्ने सहमति भएको छ ।

चिलिमे जलविद्युतको प्रसारण लाइनको तार चुडिएर स्थानीयस्तरमा वितरण भएको विजुलीको तारमा पर्दा स्थानीय क्षेत्रमा होइभोल्टेज प्रवाह भएको थियो । धेरै विद्युत प्रवाह हँुदा स्थानीयको सयौं विद्युतीय उपकरण जलेर नष्ट भएको छ । गोसाइँकुण्ड सञ्चार


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top