sujim bazar advert

भाइबरका नेपाली स्टिकरहरु

    असार २०, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर, नेपाली भाषाका नयाँ स्टिकरहरु सार्वजनिक गरेको छ ।

Viber Nepali Stickers

फ्रेडी, अङ्ग र अप्ठ्यारो गरि ३ वटा नयाँ स्टिकर प्याक सार्वजनिक गरेको हो । नयाँ सार्वजनिक गरिएका फ्रेडी, अङ्ग र अप्ठ्यारो, पहिले नै उपलब्ध अंग्रेजी भाषाका स्टिकहरुलाई नेपाली भाषामा उल्था गरेर ल्याइएको हो । स्टिकहरुले च्याटलाई रमाइलो बनाइदिने र आफ्नो मुड स्टिकरबाट भन्न/देखाउन पाइने कारण च्याटमा स्टिकरहरुको प्रयोग बढ्दो छ । भाइबरले सार्वजनिक गरेको नयाँ स्टिकरहरु भाइबरको स्टिकर मार्केटबाट निशुल्क डाउनलोड गर्न मिल्छ ।

४५ लाख नेपाली प्रयोगकर्ताहरु रहेको भाइबर, फेसबुक मेसेन्जर पछि, नेपालमा सबैभन्दा धेरै प्रयोग हुने दोस्रो ‘मेसेजिङ एप’ हो । भाइबरबाट इन्टरनेट मार्फत निशुल्क, फोन र भिडियो च्याट गर्न मिल्छ । भाइबरले, केही हप्ता पहिले सिमित समयको लागि टुबोर्गसँगको सहकार्यमा नेपाली भाषाको ‘टुबोर्ग फन स्टिकर’ सार्वजनिक गरेको थियो ।

स्रोत : आकार अनिल

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top