२०८०, १६ मंसिर शनिबार
social securities awareness bidur municipality

भाइबरका नेपाली स्टिकरहरु

    असार २० २०७३ १०:१५

pratik book and stationery center in nuwakot

भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर, नेपाली भाषाका नयाँ स्टिकरहरु सार्वजनिक गरेको छ ।

Viber Nepali Stickers

फ्रेडी, अङ्ग र अप्ठ्यारो गरि ३ वटा नयाँ स्टिकर प्याक सार्वजनिक गरेको हो । नयाँ सार्वजनिक गरिएका फ्रेडी, अङ्ग र अप्ठ्यारो, पहिले नै उपलब्ध अंग्रेजी भाषाका स्टिकहरुलाई नेपाली भाषामा उल्था गरेर ल्याइएको हो । स्टिकहरुले च्याटलाई रमाइलो बनाइदिने र आफ्नो मुड स्टिकरबाट भन्न/देखाउन पाइने कारण च्याटमा स्टिकरहरुको प्रयोग बढ्दो छ । भाइबरले सार्वजनिक गरेको नयाँ स्टिकरहरु भाइबरको स्टिकर मार्केटबाट निशुल्क डाउनलोड गर्न मिल्छ ।

४५ लाख नेपाली प्रयोगकर्ताहरु रहेको भाइबर, फेसबुक मेसेन्जर पछि, नेपालमा सबैभन्दा धेरै प्रयोग हुने दोस्रो ‘मेसेजिङ एप’ हो । भाइबरबाट इन्टरनेट मार्फत निशुल्क, फोन र भिडियो च्याट गर्न मिल्छ । भाइबरले, केही हप्ता पहिले सिमित समयको लागि टुबोर्गसँगको सहकार्यमा नेपाली भाषाको ‘टुबोर्ग फन स्टिकर’ सार्वजनिक गरेको थियो ।

स्रोत : आकार अनिल

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top