sujim bazar advert

रसुवागढी नाका जोखिममा

    असार १९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Risk on Rasuwa Nepal China border
Big Education Consultancy Nuwakot

रसुवा/ चीनसँगको सीमानाका रसुवागढीमा भीषण वर्षासँगै आएको पहिरोले २५ माल बहाक कन्टेनरमा क्षति पुर्‍याएको छ भने त्यहाँ उच्च खतरा बढेको छ ।

चीनको केरुङतर्फ सामान लिन जाने क्रममा सोमवार राती लाइनमा बसेका २५ वटा कन्टेनर माथीबाट खसेको पहिरोले क्षत्रि्रस्त भएसँगै स्थानिय प्रशासनले पहिरोको भयानक जोखिम रहेको जानकारी दिएको छ । उक्त मालबहाक ट्रकहरु अहिलेसम्म पन्छाउन सकिएको छैन । साथै चीन नेपाल जोड्ने पुलमा समेत क्षती पुग्दा नाका नै अवरुद्ध हुन पुगेको छ ।

नेपाल-चीन सीमाना भोटेकोशी नदीमाथि निर्मित मितेरी पुल छेउमा २५ थान कन्टेनर लाइन बसेका थिए । राति माथिबाट आएको ढुंगे पहिरोले पुरेर कन्टेनरमा करोडौंकोे क्षति पुर्‍याएको उद्धारमा पुगेका जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले जानकारी दिनुभएको छ ।

एकैपटक यति धेरै गाडीमा क्षति पुगेपछि रसुवा प्रशासनले र्सतकर्ता अपनाउन र्सवसाधारण तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार सम्बन्धित यातायात व्यवसायी र यात्रुहरुलाई सजगता उपनाउन आग्रह गरिएको हो । उहाँका अनुसार उक्त क्षेत्र पहिरोको उति नै जोखिममा रहेकोले जुनसुकै समयमा पनि ठूलो क्षति हुनसक्ने भन्दै र्सतर्क रहन आग्रह गरेको छ ।

भूकम्पको समयमा रसुवागढीको भन्सार कार्यालय चट्टाने पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको थियो भने चीनलाई जोड्ने मितेरी पुलसमेत क्षत्रि्रस्त भएको थियो ।

कन्टेनरलाई रसुवागढीमा लाइन राखेर चालक तथा सहचालक दुई किलोमिटर दक्षिणको टिमुरे वजारमा आएर बसेका कारण मानवीय क्षति हुन नपाएको सशस्त्र प्रहरी बल रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभएको छ ।

१५ दशमलव ६ किलोमिटर दुरीको स्याप्रुबेँसी-रसुवागढी मार्गको अन्तिम विन्दु टिमुरेस्थित रसुवागढीमा २५ कन्टेनरलाई माथिबाट खसेको पहिरो तथा ढुंगाले क्षति पुर्‍याएको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top