sujim bazar advert

पुर्ननिर्माणको लागि दक्ष जनशक्ति बनाइँदै

    असार १८, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – १३ महिना अगाडिको विनासकारी भुकम्पका कारण क्षतिग्रस्त सर्वसाधारणका घर पुर्ननिर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नुवाकोटका १५ गाविसमा एक सय ५० जनालाई भुकम्प प्रतिरोधी घर निर्माण प्रशिक्षण दिइएको छ ।

नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ गंगटेमा प्राविधिक उत्पादन गर्नका लागि भुकम्प प्रतिरोधी भवन निर्माण तालिम प्रदान गरिएकोमा अन्तिम चरणको तालिम सम्पन्न भएको छ । एकिकृत तादी विकास समाज, एसिएफ इन्टरनेशनलको संयोजनमा युरोपियन युनियनको सहयोगमा डकर्मीहरुका लागी सात दिने भुकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धि प्रशिक्षण सम्पन्न भएको हो । विभिन्न चरणमा सञ्चालित तालिममा हालसम्म गेर्खु, कल्याणपुर, चौघडा, थप्रेक, बेलकोट, जिलिङ, सुर्यमति, मदानपुर, चारघरे, गेर्खु, खानीगाउँलगायतका एक सय ५० जनालाई भुकमप प्रतिरोधी भवन निर्माण तालिम प्रदान गरिएको आयोजनक संस्थाका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।

सहभागीहरुलाई प्रशिक्षक सुजन भट्ट र ज्ञानेन्द्र श्रेष्ठले भुकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धि प्रशिक्षण दिएका थिए । अन्तिम चरणको तालिमको सहरी तथा भवन निर्माण कार्यालय नुवकोटका निमित्त प्रमुख प्रकाशजंग शाहले समापन गर्दै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे ।

उनले तालिम प्राप्त गरेका डकर्मीहरुलाई सीप व्यवहारमा उतार्न आग्रह गर्दै नमूना घर बनाउन निर्देशन दिए । सहभागीहरुलाई सैद्धान्तिकका साथै प्रयोगात्मक रुपमा प्रशिक्षण दिइएको थियो । गाह्रो लगाएर निर्माण गरिने घर, ढलान घर, पिल्लर सिष्टमको घर निर्माण गर्ने प्रशिक्षणका साथै नमूना घरसमेत सहभागीहरुले बनाएका थिए ।

संस्थाका पुर्व अध्यक्ष लक्ष्मण श्रेष्ठले नुवाकोटको १५ गाविसमा १२ जनाका दरले एक महिना भित्र प्रयोगात्मक र सैद्धान्तिक रुपले सिप जानेका प्राविधिक उत्पादन गर्नका लागि भुकम्प प्रतिरोधी भवन निर्माण तालिम सम्पन्न गरिएको बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top