sujim bazar advert

विद्युत प्राधिकरणलाई क्षतिपुर्ती दिन निर्देशन

    असार १८, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर, गेर्खु गाविस वडा नं. ४ गैरीखर्कमा विद्युत लाइनका पोल ढल्दा स्थानीयवासीको घरका उपकरण लगायत अन्य सामग्रीहरु क्षति भएकोमा त्यसको क्षतिपुर्ती दिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

सदरमुकाम विदुरदेखि १० किलोमिटर उत्तरमा रहेको सोही स्थानमा मंगलवार हाइभोल्टेजका कारण भएको क्षतिको मूल्यांकन गरी क्षतिपुर्ती रकम तुरुन्त दिन नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, स्थानीय विकास अधिकारी केशरबहादुरर पण्डित र जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेललगायत मुख्य राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु वीचको वैठकले क्षतिको मुख्याङ्कनका लmागि प्राविधिक टोली खटाउने, क्षतिपुर्तीको व्यवस्था नेपाल विद्युत प्राधिकरणले दिने, सुरक्षाको प्रवन्ध जिल्ला प्रशासनले गर्ने, ढलेको पोलको व्यवस्था विद्युत प्राधिकरणले गर्ने निर्णय भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

जिल्ला विकास समितिको कार्यालय विदुरमा भएको सर्वपक्षिय भेलाले गेर्खु गाविस वडा नं. ४ गैह्रीखर्कमा भएको क्षतिको मूल्यांकन गर्न माधव महत, जयगोपाल शाह र हरिकृष्ण पाण्डेको समिति बनाइएको हो । समितिको मूल्यांकनपछि नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्तीको व्यवस्था गर्ने सहमति भएको छ । चिलिमे जलविद्युतको प्रसारण लाइनको तार चुडिएर स्थानीयस्तरमा वितरण भएको विजुलीको तारमा पर्दा स्थानीय क्षेत्रमा होइभोल्टेज प्रवाह भएको थियो । धेरै विद्युत प्रवाह हँुदा स्थानीयको सयौं विद्युतीय उपकरण जलेर नष्ट भएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top