२०८१, ११ बैशाख मंगलवार

१५ ज्येष्ठ नागरिक सम्मानीत

    असार १८ २०७३ २३:२७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/विनासकारी भुकम्पबाट पीडित नुवाकोटका ज्येष्ठ नागरिकहरु सम्मानीत भएका छन् । ज्येष्ठ नागरिक सेवा समाज नुवाकोटले शुक्रवार विदुरमा ज्येष्ठ नागरिकहरुको सम्मान गरेको हो ।

८० वर्ष उमेर पूरा गरेका १५ जना वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानीत गरिएको हो । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, श्रीनाथ गणका गणपति प्रमुख सेनानी रोहित गुरुङ, विदुर नगरपालिकाका अधिकृत केशवबहादुर श्रेष्ठलगायतले वृद्धवृद्धाहरुलाई सम्मानीत गरेका हुन् ।

प्रमुख अतिथि सहायक प्रजिअ ढकालले ज्येष्ठ नागरिकहरु समाजको अनुशासित वर्ग भएको कारण उनीहरुको मार्ग निर्देशनबाटै स्थानीय समुदाय तथा युवा पुस्ताको विकास हुने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top