sujim bazar advert

दीपाले ल्याइन् तेश्रो भेट

    असार १८, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Singer Deepa Panta
Big Education Consultancy Nuwakot
global ime bank flash loan

संगीतमार्फत सामाजिक जागरणमा लागेकी पप-आधुनिक गायिका दीपा पन्तले आफ्नो तेश्रो गीति एल्वम तेजीमार्फत श्रोता तथा दर्शहरुसंग तेश्रो भेट गरेकी छिन् । चार वटा पप आधुनिक गीत समावेश एल्वम तेजीमा उनले सवै गीतमा स्वर दिएकी छिन् ।

नुवाकोटको थानसिं गाविस वडा नं. १ छहरेकी गायिकाको यस एल्वममा समावेश चार वटा गीत मध्ये सो एल्वमको झट्काको म्युजिक भिडियोसमेत बजारमा ल्याएकी छिन् । उनले यसै साता तेश्रो एल्वम तेजी र त्यसभित्रको झट्काको म्युजिक भिडियो वजारमा ल्याएकी छिन् । सो म्युजिक भिडियोमा दीपाका साथमा मोडेलहरु केकी अधिकारी र केके अधिकारीले अभिनय गरेका छन् । काठमाडौ फनपार्कमा खिचिएको सो म्युजिक भिडियोको छायांकन हरि हुमागाइले गरेका हुन् ।

Cover of Jhatka by Deepa Panta's Tezi

तेजी भन्दा अगाडि गायिका दीपाले पहिलो गिती एल्वम रियालिटी, दोश्रो एलवम दिलको वदला ल्याइसकेकी छिन् । उनले ल्याएको पहिलो एल्वम रियालिटीमा तिमीलाई म कति माया गर्छु र दोश्रो एल्वमवाट दिलको वदला दिल, कालो गाजल, दुखाउंदिन मुटु भन्छौ भने गीतको म्युजिक भिडियो चार वर्ष अगाडि नै ल्याइसकेकी थिइन् । उनले छुट्टै तीज गीत पनि गायर त्यसको म्युजिक भिडियोसमेत वजारमा ल्याइसकेकी छिन् । दीपाले उनको दोश्रो गीती एलवम दिलको वदला दिल वोलको गीत चर्चामा आयो र त्यसको सिआरविटी र पिआरविटीवाट निकै नाम र चर्चा वटुलिन् ।

सानैदेखि गीतसंगीत र नृत्यमा रुचि राख्ने दीपाले आफ्नो सफलता नै श्रोता तथा दर्शक भएको वताइन् । गीत गाउनुका अलावा उनी काठमाडौ गोलढुंगामा रहेको सेन्ट जोसेफ विद्यालयमा गणित विषय पढाउंदै आएकी छिन् ।

 

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top