sujim advert

रोपाईंको उत्सवमा गुमे मेघबहादुर दुई छोरा

    असार १८, २०७३

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bungtang pahiro photo
bidur tax consultancy services in nuwakot

विदुर – रोपाईंको चटारो त्यसमा पनि असार १५ को पर्व । आकासको पानीकै भरमा खेतिपाती धान्नुपर्ने नुवाकोटको बुङताङ गाउँमा गएको राती प्रयाप्त पानी परेपछि अघिपछिका दिनभन्दा छुट्टै रौनक छाएको थियो । विहानैदेखि छरछिमेक र गाउँले सबै धान रोपाईंको तयारीमा जुट्दै थिए । तर, अरुका लागि रोपाईंको वरदान बनेको मुसलधारे पानीको वर्षा बुङताङ–४ डोडोटोलका मेघबहादुर तामाङका लागि भने यो क्षण बाँचुन्जेलको लागि अभिषाप बनेर गयो । बुधवार रातीको भिषण वर्षासँगै गएको पहिरोले उनका दुई छोराहरुको ज्यान लियो ।

बुधबार बिहान ८ बजेको समयमा भूकम्पले घर भत्किएर बनेको टहरामाथी खसेको पहिरोले पुरिएर छोरा १२ वर्षीय छोरा आइतराम र ६ वर्षीय आशिषको घटनास्थलमै मृत्यु भयो । ‘भएका दुई छोरा पनि पहिरोले लगेपछि यो संसार नै हराएजस्तो लाग्छ, छोराहरुको मृत्युको शोकमा डुबेका मेघबहादुर भक्कानिँदै भन्छन्, यस्तो विपत्ती त शत्रुलाई पनि नपरोस् ।’ उनका छोरा आइतराम अहिले कक्षा ८ र कान्छो रोरा आषिश १ मा पढ्दै थिए । बिहानको खाजा खाइरहेका बेला अकस्मात खसेको पहिरोले पुरेको मेघबहादुर बताउँछन् । तर, पहिरोमा परेकी ९ वर्षीया छोरी विमलालाई भने घाइते अवस्थामै मेघबहादुरले छिमेकीहरुसँग हारगुहार मागेपछि पहिरोभित्रबाट भिकेर बचाउन बचाउन सफल भए । ‘छोराहरुलाई बचाउन सकिन, विरक्तिदँै मेघबहादुर पीडा पोख्छन् ।

पहिरोले पुरिएर मेघबहादुरका एउटा भैँसी र पाँच बाख्रासमेत मरेका छन् । घाइते तथा मृतकको स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । भूकम्पले भत्काएको घरको माथिल्लो तला फालेर तामाङ परिवार तल्लो तलामा बस्दै आएका थियो । भूकम्पले घर भत्किएपछि जस्ताको टहरो घरमा बस्दै आएका तामाङको टहरोमाथि रहेको ढिस्को अत्याधिक वर्षाका कारण खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

यस्तै गएराति परेको बर्षापछि पहिरो जाँदा नुवाकोटको हल्देकलिका गाविसमा एक घर पुरिएको छ । वडा नं. ९ दार्मेमा सोमवरबहादुर तामाङको घर पहिरोले पुरेको हो । घरमा सुतिरहेका ६ जनलाई छिमेकीले उद्धार गरेका थिए ।

यसैबीच करेण्ट लागेर गम्भीर घाइते भई उपचारका लागि विदुर ल्याइएका सुर्यमति गाविस २ का २७ वर्षीय श्याम रिजालको बुधबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार खानीगाउँ गाविस ४ ढिकुरेमा रहेको मछिन्द्र थापाको सुर्यमती फर्निचर उद्योगको बिजुलीको पोल सार्ने क्रममा करेण्ट लागेको थियो । उनलाई उपचारका लागि विदुर ल्याइएको थियो । रिजाललाई सिटी अस्पताल विदुरमा उपचारका लागि राखिएको थियो । उनीसँगै घाइते भएका सुर्यमति गाविस २ कै केशव न्यौपानेको अवस्था गम्भीर छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top