sujim advert

पुल बगाउँदा पाँच गाविस संकटमा

    असार १८, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Salakhu Khola Bridge
bidur tax consultancy services in nuwakot

विदुर – अविरल वर्षातसंगै आएको वाढीले नुवाकोटको तुप्चे र मनकामना गाविस जोड्ने पक्की पुल बगाउँदा जिल्लाको गाविसका सर्वसाधारणको आवतजावत ठप्प भएको छ ।

अविरल वषाृत्संगै आएको वाढीले सदरमुकाम विदुरदेखि २० किलोमिटर उत्तरमा रहेको तुप्चे गाविस वडा नं. १ सोले र मनकामना गाविस वडा नं. ३ जोड्ने सलाखुखोलामाथिको मोटरेवल पुल गएरातीको वर्षातपछिको वाढीले बगाउंदा हजारौं सर्वसाधारण समस्यामा परेका छन् ।

सलाखु खोलामा वाढी आउंदा पुल पश्चिमतर्फको जिपका संरचना वगाउंदा आवतजावत वन्द भएको स्थानीयवासी नारायणसिह लामाले बताए । पुल बगाएपछि मनकामना, फिकुरी, काहुले, भाल्चे र साल्मे गाविसका हजारौं सर्वसाधारणको आवतजावत बन्द भएको उनले बताए ।

वढीले सलाखु खोलाको पुलमा क्षति पु¥याएको कारण आसपासका पांच गाविसका हजारौं यातायात सेवा बाट पूर्णरुपमा बन्चित भएको फिकुरीका राजनीतिककर्मी छत्र लामाले बताए । चार वर्ष अगाडि निर्माण गरिएको सो पुल निर्माणकै समयमा गुणस्तरहीन रुपमा निर्माण गरिएको स्थानीयवासीले बताउंदै आएका थिए । बाढीले पुल वगाएपछि हजारौं सर्वसाधारण एक घण्टा माथि रहेको पहिरेवेशीस्थित माथिल्लो त्रिशूली थ्रिए आयोजनाले निर्माण गरेको अस्थायी वेलिव्रिजवाट आवतजावत गर्न वाध्य भएका छन् ।

छिटो भन्दा छिटो सलाखु खोलालाई पुरानै स्थानबाट बग्ने गरि तटवन्ध निर्माण गरी क्षतिग्रस्त पुल मर्मत गरेर आवतजावत सहज वनाइनु पर्ने स्थानीयवासीले माग गरेका छन् । पुल मर्मत गरेर यातायात सञ्चालन गर्न सकिएन भने बर्षातमा उक्त भेगका जनताहरु यातायात सेवाबाट पूर्णरुपमा बन्चित हुने छन् । यसका साथै सयौं कृषकहरुले पालेको र हालसालै बजारमा खपत गर्न तयार भइसकेका लाखौको संख्यामा रहेका कुखुराहरु समेत बजार पुग्नबाट बन्चित भई गाउंमै मर्ने अवस्थामा रहेको अर्का कृषक वीरवल तामाङले बताए । साथै, पुल मर्मत नभएमा कृषकहरुलाई ठूलो आर्थिक नोक्सान हुने र बर्षातको मलखादलगायत नुवाकोटको माथिल्लो भेगको पुनर्निर्माण कार्यक्रम समेत प्रभावित हुने फिकुरी प्रहरी चौकीले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top