sujim advert

कार्नेटले धार्मिक गतिविधि सञ्चालन गरेको प्रतिवेदन तयार

    असार १८, २०७३

sizen education new intake 2025
ananda Jewellery shop

bidur tax consultancy services in nuwakot

कपिलदेव खनाल / विदुर, चर्चमा लगानी गरेको र पुर्न निर्माणको लागि आएको रकमलाई धार्मिक गतिविधिमा परिचालन गरेकोमा पछिल्लो पाली विवादमा फसेको सामाजिक संस्था कार्नेट नेपालले नुवाकोटमा जसरी पनि टिक्नका लागि अनेक हत्कण्डा अपनाउन थालेको छ ।

फलोअप

कार्नेट नेपालका पदाधिकारीहरुले चर्चमा बाल विकास केन्द्र सञ्चालन हुन दुःख र अक्षम्य रहेको स्विकार गर्दै एक पटकलाई बाचाई दिनका लागि आग्रह गरेका थिए । तर गैसस महासंघका पदाधिकारीहरुले जे देखेको हो त्यही प्रतिवेदन तयार हुने र पेश हुने भन्दै उनीहरुलाई लोप्पा खुवाए ।

पछिल्लो हप्ता कार्नेट नेपालले प्रेस विज्ञप्ती भन्दै यस साप्ताहिकमा प्रकाशन भएको समाचारलाई कपोलकल्पीत र भ्रामक भन्दै जिल्लाका सबै पत्रपत्रिकाहरुमा पैसा तिरेर प्रायोजित विज्ञापन छपाएको छ । गैसस महासंघ नुवाकोटले अनुगमनका क्रममा कार्नेट नेपालले चर्चमा लगानी गरेको र बालबालिकार्ला बाइवल पढाएको भेटिएको विवरण सार्वजनिक गरेको, कार्नेट नेपाललाई बागेश्वरी गाविसको कार्यालयले निकाला गरेको जस्ता प्रमाणित तथ्यहरुलाई प्रकाशन गरेको यस खवर पत्रिकालाई गाली गर्दै उक्त संस्थाले पत्रिकामा पैसा तिरी तिरी आफ्ना कुरा छपाएको छ ।

Logo CarNet Nepalयसरी आफ्नो ‘पबित्र’ रहेको घोषणा गरिरहेको कार्नेट नेपालले नुवाकोटमा गरेको कर्तुतहरुलाई गैर सरकारी संस्था महासंघ जिल्ला शाखा नुवाकोट स्वयंम्ले लिपिबद्ध गरेर प्रतिवेदन समेत तयार पारेको छ । कार्नेटले पिपल्टार, बागेश्वरीको चोकते र कुवापानी गरी तीन वटा चर्चलाई मासिक रुपमा एक लाख रुपैयाँ लिने गरेको, बाल बिकास केन्द्रको नाममा चर्चमा बालबालिका जम्मा गरेर बाइब देखाउने, यशुको प्रार्थना गर्न लगाउने, मासु भातको लोभ देखाएर गरिव समुदायका बालबालिकालाई चर्चमा जम्मा गराउने जस्ता गैससको विधान विपरितको कार्यमा सम्लग्न रहेको प्रतिवेदन गैसस महासंघ नुवाकोटले तयार गरेको छ ।

शुक्रवार तयार भएको प्रतिवेदन आज आईतवार जिल्ला बिकास समितिमा बुझाउने बताइएको छ । गैसस महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसीका अनुसार जिल्ला विकास समितिका अनुगमन समितिका पदाधिकारीहरु सहितको टोलीले पिपल्टार एजी चर्च भण्डली भित्र फेला पारेको बाल विकास केन्द्रको तत्कालिन बस्तुस्थितिलाई जस्ताको तस्तै प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अनुगमन समितिका पदाधिकारीहरु पुग्दा बालबालिकाहरुलाई लाइनमा राखेर मासुभात खुवाउँदै गरेको, चर्चका पास्टरले बालबालिकालाई पढाएको, पढाईको सुरु र अन्तिममा यशुको प्रार्थना गर्न लगाएको जस्ता बस्तु स्थितिलाई प्रतिवेदनमा राखिएको छ । कक्षाकोठमा इसाई धर्मसंग सम्वनिध पुस्तक, तस्बिर राखिएको तथा बालबालिकाहरुलाई लुगाफाटोको प्रलोभनमा फसाईने गरेको कुरा समेत प्रतिवेदनमा उल्लेख भएको छ । साथै चर्चका पाष्टर रामप्रसाद पुडासैनीले कार्नेट नेपालले आफुहरुलाई मासिक रुपमा आर्थिक सहयोग गर्दै आएको र सोही रकमबाट चर्चमा बालबालिका जम्मा पारेर धार्मिक गतिविधि सञ्चालन गर्दै आएको बताएका थिए ।

जिल्ला विकास समितिले आइतबार बुझ्ने उक्त प्रतिवेदनलाई समाज कल्याण परिषद्मा पठाइने बुझिएको छ । समाजकल्याण परिषद्ले उक्त प्रतिवेदनको आधारमा कार्नेटलाई कार्यक्रम सञ्चालनमा रोक लगाउन सक्ने छ ।

कार्नेटलाई यसैको डर थियो

कार्नेट नेपालका पदाधिकारी र कर्मचारीहरुलाई अनुगमनको प्रतिवेदन तयार भएर वर्वाद होइन्छकी भन्ने डर थियो । जेठ २६ गते पिपल्टार स्थित एजी चर्चमा बाल विकास केन्द्रको नाममा सञ्चालन भईरहेको अबैध गतिविधिलाई ‘रंगे–हात’ समातिएपछि गैसस महासंघ नुवाकोटले प्रतिवेदन तयार नगरोस् भनेर कार्नेट नेपालले राम्रै दौडधुप र चलखेल गरेको थियो । पत्रकार देखि राजनीति दलका नेता र गैससका पदाधिकारी देखि सकारी कर्मचारीसम्मलाई मिलाउनका लागि कार्नेट नेपालका पदाधिकारी र कर्मचारीहरुले गरेको खुलेआम दौडधुप हेर्न लाएको थियो ।

समाचार श्रोतका अनुसार केही राजनीतिक दलका नेताहरुलाई कार्नेटले प्रभावित पारेको छ । ति ‘नेता’ अहिले कार्नेट नेपालले गरेको कार्यको बवचाउ गर्दै खुलेरै वकालत गरिरहेका छन् । त्यसै गरी सबै पत्रकार र पत्रिकालाई खुसी पार्नका लागि मोटो मोटो रकमको विज्ञापन पनि दिदै हिडेको छ कार्नेट नेपाल । उता गैससका पदाधिकारीहरुलाई व्यक्तिगत रुपमा खुसु खुसु भेटेर मिलाउने कोशिष गरेको कार्नेट नेपालको प्रयास असफल भएको छ । प्रतिवेदनलाई बीचैमा तुहाउन सकिए समाज कल्याण सम्मको झण्झण्ट ब्यहोर्नु नपर्ने बुझाईका साथै कार्नेट नेपालले जिल्लमै सारा मिलाउने तयारी थालेको थियो । शुक्रवार गैसस महासंघले अनुगमनको प्रतिवेदन तयार गरेको र आफ्नो पक्षमा प्रतिवेदन नभएको चाल पाएसंगै कार्नेट नेपालका पदाधिकारी र कर्मचारीहरुको सात्तो उठेको छ ।

नुवाकोट जिल्लामा सञ्चालन भएको बाल विकास केन्द्रमा आफ्नो कर्मचारीहरुले गलत गरेको भन्दै कार्नेट नेपालका कार्यबहाक अध्यक्ष सागर सैजु, कार्यकारी निर्देशक धनराज घिमिरेले गैसस महासंघका अध्यक्ष सहितका पदाधिकारीसंग असार २ गते बाचर्य दिनका लागि आग्रह गरेका थिए । गैसस महासंघको कार्यालयमा भएको उक्त औपचारिक भेटघाटमा कार्नेट नेपालका पदाधिकारीहरुले चर्चमा बाल विकास केन्द्र सञ्चालन हुन दुःख र अक्षम्य रहेको स्विकार गर्दै एक पटकलाई बाचाई दिनका लागि आग्रह गरेका थिए । तर गैसस महासंघका पदाधिकारीहरुले जे देखेको हो त्यही प्रतिवेदन तयार हुने र पेश हुने भन्दै उनीहरुलाई लोप्पा खुवाए ।

प्रतिवेदन तयार नहोस् र थप प्रक्रिृया अगाडी नबढोस् भनेर कार्नेटका पदाधिकारी देखि कर्मचारीहरु लागि परेको श्रोतको भनाई रहेको छ । ‘जिल्लामा भएको यो समस्या सुल्टाउनका लागि कार्नेटले विषेश दुतलाई नै जिल्लामा सक्रिय पारेको छ’ श्रोतले भन्यो ।

कर्मचारीमा शंका

आफ्नो गोप्य कुरा र दस्ताबेजहरु बाहिरएको भन्दे कार्नेट नेपालले आफ्नो कर्मचारीहरु माथी छानविन सुरु गरेको छ । असार २ गते औपचारिक बैठकमा सहभागि भएका कार्नेटका एक पदाधिकारीले गैसस महासंघमा ‘यो सबै पुरुषोत्तम डोटेलले गरेको हो’ भन्दै बम्किएका थिए । इन्र्फमेसन जुन डोडेलले बाहिर ल्याएपनि संस्थाले चर्चमा लगानी गरेको हो कि होइन ? भनेर गैसस अध्यक्षले सोधेपछि उनी मौन बसेका थिए । यसरी खुलेआम आफ्नो कर्मचारीको टिप्पणी गर्दै हिडेका पदाधिकारीले उनै पुरुषोत्तम डोटेलको राजिनामा माग गरेका छन् ।

बुधवार कार्नेट नेपालमा राजिनामा पेश गरेका नुवाकोट संयोजक पुरुषोत्तम डोटेललाई संस्थाका पदाधिकारीहरुले यो काण्ठको दोषि ठहर गरेको छ । तर, डोटेललाई मुखै फेरेर कुनै पदाधिकारी र कर्मचारीले भने यो विषयमा चर्चा गरेका छैनन् । उनीसंगै कार्यरत अन्य कर्मचारीहरुले नाम पोलेपछि उनलाई घुमाउरो रुपम संस्थाबाट निकाल्नका लागि तयारी भईरहेको श्रोतले दावी गरेको छ । समाचार श्रोतका अनुसार शुक्रवार दिउँसो संस्थाका पदाधिकारीले जिल्ला संयोजक डोटेललाई काठमाडौंमा राखेर लामो समयसम्म यो घटनाको विषयमा केरकार गरेको छ । संस्थाका दस्तावेजलाई फेसबुकमा राखेको देखि गोप्य कागजात पत्रकारको हातमा पु¥याएको भन्दै संस्थाका पदाधिकारीले डोटेललाई हकारेको बुmिभएको छ । प्रतिउत्तरमा डोटेलले बरु जागिर छाड्ने गलत जिम्मेवारी नलिने भन्दै फन्किएपछि अवस्था तनावपूर्ण बनेको थियो ।

यस साप्ताहिकले कार्नेट नेपालको कर्तुतलाई बाहिर ल्याएसंगै ‘इन्र्फमेसन’ बाहिरियो भन्दै जिल्ला संयोजक डोटेललाई काजमा भन्दै काठमाडौं केन्द्रिय कार्यालयमा तानिएको छ । नुवाकोटमा भने अन्तरिम कालका लागि यो काण्ड मत्थर पार्नका लागि रोशन पासवानलाई हिरो बनाएर पठाइएको छ । उता काठमाडौं गएपछि डोटेलसंगै कुम जोडेर काम गर्ने गिरिजा नामका एक कर्मचारीले पनि समय समयमा नुवाकोट आएर समस्या समाधानका लागि प्रयास गरिरहेको बुझिएको छ ।

कार्नेटको पैसा बिकेन

‘हैन कुरै गर्न जानिएन त’ भन्दै कार्नेट नेपालका एक कर्मचारीले उनलाई सहयोग गर्ने स्थानीय एक व्यक्तिसंग गुनासो गरेको समाचार श्रोतका दावी रहेको छ । श्रोतका अनुसार यो केशलाई जुनकुनै ढंगबाट मिलाउनका लागि झोलामा पैसा बोकेर हिडेको कार्नेट नेपालको पैसा बिकेको छैन । दल, गैसस पदाधिकारी, जिविसका कर्मचारी, अनुमगनमा जाने सबै जना, ईसाई एकता समाजका पदाधिकारी, पत्रकार तथा सरोकार राख्ने सबै जनालाई ‘उनीहरुको औकात अनुसार दक्षिणा’ दिने भन्दै हिडेको कार्नेट नेपाल अहिले ‘टुस पल्टिएको’ छ । समरीटन्स पर्सले यो केस मिलाउनका लागि ‘सकेको खर्च गर्न म्याण्डेट’ दिएपछि संस्थाका पदाधिकारीहरुलाई पनि अल्लि सजिलो भएको छ ।

मिलाउनका लागि झोला भरी पैसा राखेर हिडेको कार्नेट नेपालको पैसा लिइदिने र खाजा खाइदिने मान्छेसम्म नभएपछि उनीहरु विलखबन्दमा परेको दावी समाचार श्रोतको रहेको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top