sujim advert

‘धर्म निरपेक्ष नागरिक’ भन्दै गाई गोरूको ‘भोज’ लगाउँदै

    असार १६, २०७३

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर – धर्म निरपेक्ष राष्ट्रको नागरिक भएको भन्दै गैरकानुनी मानिएको राष्ट्रिय जनावर गाई तथा गोरूको बध एवं हत्या गरी सामुहिक भोज लगाउने क्रम जनजाती समाजमा अहिले खुलमखुला नै चलिरहेको छ ।

यसैको पछिल्लो घटनाको उदाहरणस्वरूप स्थानीय गाउँलेहरू मिलेर गोरू काटिरहेको समयमा पक्राऊ गर्न पुगेको प्रहरी टोलीमाथि नै नुवाकोटमा आक्रमण भएको छ । मासु खानका लागि गोरू काटिरहेको सूचनाको आधारमा दुई साताअघि सामरी गाविसमा पक्राऊका लागि पुगेको प्रहरी टोलीमाथि त्यसमा संलग्न व्यक्तिहरूले घरेलु हातहतियार प्रहार गरेका हुन् ।

प्रहरीलाई घरेलु हतियार प्रहार गर्न खोज्ने सामरी–५ पुरानोपानी बस्ने ४३ वर्षीय सोभेर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । यो घटना ५ दिनअघिको भएपनि प्रहरीले घटनालाई संवेदनशील रूपमा गोप्य राखेको र अझैँसम्म पनि गोरू काट्ने र प्रहरीलाई आक्रमण गर्नेहरूको खोजी कार्य तिव्र पारेको जानकारी दिइएको छ । तामाङ समुदायको वसोवास रहेको सामरी–५ पनेरा र पुरानोपानी भन्ने स्थानमा स्थानियबासिले गोरू काटेको भन्ने खबर प्राप्त हुनासाथ बुधबार राति प्रहरी चौकी सामरीबाट ४ जनाको टोली उक्त स्थानमा जाँदा २५÷३० जनाको संख्यामा रहेका व्यक्तिहरूले प्रहरीलाई देख्नासाथ घरेलु हतियारले आक्रमण गरेका थिए । त्यसलगत्तै प्रहरीले आत्मरक्षाको लागि २ राउण्ड हवाई फायर गरी तामाङलाई नियन्त्रणमा लिएको थियो । घरेलु हतियारको प्रहारबाट प्रहरीलाई भने सामान्यबाहेक कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले भने साम्प्रदायिकता भड्किने र गाईगोरूको मासु खाने उनिहरूको चलनलाई हस्तक्षेत्र तथा कुण्ठित पार्न खोजेको आरोप लाग्न सक्ने भन्दै ४ दिनअघिको यो घटनालाई अहिलेसम्म गुपचुप नै राखेको थियो । ‘गाइगोरू खाने तामाङहरूको पहिल्यैदेखिको चलन र संविधानमै देश धर्मनिरपेक्ष भइसकेपछि उनीहरूलाई हस्तक्षेप गर्दा राज्यले दमन गरेजस्तो सन्देश बाहिर जाने भएर नै हामीले घटनालाई बाहिर ल्याएनौ’, नुवाकोट प्रहरीका एक अधिकारीले भने । तर, देश हिन्दू राज्यको रूपमा विगतमा त्यही संस्कारबाट आएकोले गाई त राष्ट्रिय जनावर नै भइहाल्यो । गोरूको पनि पुजा गरिने भएकोले हामीले यसलाई दण्डनिय नै मानेका छौँ अहिलेसम्म, उनले भने, ‘कानुनी रूपमा पनि यो गैरकानुनी नै मानिन्छ ।’ त्यसकारण यसलाई राक्न खोजेको डिएसपी ऋषिराम कँडेलले घटनाबारे थप प्रस्ट्याए ।

प्रहरीमाथि प्रहार गरी फरार अन्य व्यक्तिहरूको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि ओखलढुंगा, सुनसरी लगायतका जिल्लाहरूमा गोरू काटेर धर्म निरपेक्ष राष्ट्रको नागरिक हुँ भन्दै सामाजिक सञ्जालमा राखेका थिए ।

 

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top