sujim advert

रसुवामा रेडपाण्डाको छालासहित दुई पक्राउ

    असार १६, २०७३

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

red panda crime
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

रसुवा – संरक्षित बन्यजन्तु रातो हाब्रे (रेडपाण्डा)को छालासहित प्रहरीले शुक्रवार दुई जनालाई रसुवाबाट पक्राउ परेको छ ।

पक्राउ पर्नेहरूमा रसुवाको राम्चे ५ बस्ने २४ वर्षीय रामकृष्ण वाइवा र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् । उनीहरूलाई रसुवाको धैबुङ गाविस ५ कालिकास्थानबाट रेडपाण्डाको एक थान छालासहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

संरक्षित वन्यजन्तुहरूको आखेटोपहार बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय रसुवाबाट संयुक्त प्रहरी टोली खटिएको थियो । उनीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरूद्धको अपराध गरेकाले सोही अनुसार कारबाही प्रक्रिया अघि बढाउन जिल्ला बन कार्यालय रसुवाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top