२०८१, १४ बैशाख शुक्रबार

‘एउटालाई भनेको अर्कै पो परेछ’ : अभियुक्त

    असार १६ २०७३ १८:४५

rakshi crime
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रक्सीको सनकले ८० हजारमा हत्या

विदुर – मानवीय संवेदना हराउँदै गएको समाजमा पैसाको लोभ र मदिराको सनककै भरमा समान्य रिसिइवीको पनि बदला लिनकै लागि मानिसको ज्यानसम्म लिने अपराधिक मौलाएको छ । यसैको पछिल्लो उदाहरणस्वरूप मदिराको मातमा ८० हजार रूपैयाँमा नुवाकोटको सामरी गाउँका एक युवाको हत्या गरिएको छ । त्यो पनि एउटाको ज्यान मार्नका लागि ८० हजार रूपैयाँमा कबोल गरेर हिँडेका युवाहरूले बाटोमा अर्कोलाई भेटेपछि भएको सामान्य भनाभनकै कारण हत्या गरेका हुन् ।

नुवाकोटको सामरी–३ फलाँटे गाउँका २४ वर्षिय कुमार तामाङको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय ४ जना युवाहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । एकजना भने अझैँ फरार रहेकोले खोजी कार्य भइरहेको नुवाकोटका प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले बताए । जेठ १८ गते भएको उक्त घटनाको लामो अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न रहेका ५ जनामध्ये ४ जनालाई ८ दिनपछि मंगलवार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सामरी–६ मैबलका २४ वर्षिय डुब्बा भनिने बुद्धिबहादुर तामाङ, २२ वर्षिय दावा भनिने सोमबहादुर तामाङ, २७ वर्षिय मुस्कान तामाङ र वडा नं. ३ फलाँटेका १९ वर्षिय काले तामाङ रहेका छन् ।

प्रहरीले गरेको अनुसन्धान अनुसार जेठ १८ गते राती १० को समयमा सामरीस्थित फलाँटेको एक पसलमा स्थानिय कुमार तामाङ, प्रकाश तामाङ लगायतका ४ जना युवाहरू रक्सी पिइरहेका थिए । नजिकबाट त्यो देखिरहेका सोही स्थानका काले तामाङले उनीहरूमध्येका प्रकाशसँग पुरानो रिसिइबीको बदला लिन चाहन्थे । आफ्नो बाबुलाई २ वर्षअघि कुटपिट गरेको प्रतिशोध साँचिरहेका कालेले प्रकाशसँग यही बेला बदला लिने उचित मौका ठाने र हत्या गर्ने योजनाका साथ तत्कालै मैबल गाउँका राकेश भनिने बुद्धिबहादुर तामाङलाई फोन गरे ।

प्रकाशको ज्यान मार्ने शर्तमा कालेले ८० हजार रूपैयाँ खर्चसमेत दिने प्रस्ताव राखे । पैसा पाइने लोभमा बुद्धिबहादुरले उनका साथीहरू मुस्कान तामाङ र सोम बहादुर तामाङसँग सल्लाह गरे र उनीसहित मदिरा सेवन गरी लठ्ठिएका ३ जना साथीहरू लिएर प्रकाशको हत्या गर्ने योजनाकासाथ एक घण्टाको दूरीमा रहेको फलाँटेतर्फ हिँडे । फलाँटे पुग्नै लाग्दा प्रकाशसँगै बसी रक्सी पिएर एक्लै फर्किरहेका कुमार तामाङलाई १०ः३० बजेको समयमा बाटोमा भेटे । त्यहाँ सामान्य भनाभन भएपछि बुद्धिबहादुरको समूहले उनलाई कुटपिट गरेर केही दूरी अगाडी बढे । कुटपिट गरेकै कारण आफूहरूको भोली गाउँमा बदनाम हुनसक्ने डरले पुनः कुमार भएतिर फर्की आए र ढुंगाले टाउकोमा हानेर हत्या गरे । प्रकाशको ज्यान मार्ने योजनाका साथ हिँडेका उनीहरूले कुमारलाई हत्या गरी प्रहरीले समात्ने अर्को डरले प्रकाश भएतिर नपुगी त्यहीँबाट भागेर फरार भएका थिए । प्रकाश त बच्न सफल भए तर, सामान्य भनाभन र मदिराको सनककै भरमा अर्का व्यक्ति अनाहकमा मारिए ।

घटनाको अनुसन्धानमा ८ दिनसम्मको समय खर्चिएको प्रहरीले घटनामा संलग्न व्यक्तिहरू पत्ता लगाउन २७ जनासँग सोधपुछ गरेपछि यी व्यक्तिहरू पक्राउ परेका थिए । पक्राउ परेका ४ जनालाई जिल्ला अदालत नुवाकोटमा म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक ऋषिराम कँडेलले बताए । उनीहरूलाई कर्तव्य ज्यान अभियोगमा मुद्धा दर्ता गरी कारबाही प्रकृया अघि बढाइने उनले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top