नेपाली सेनाले नुवाकोटका विभिन्न तीन स्थानमा सामूहिक आवास निर्माण गरेको छ ।
नेपाली सेनाको श्रीनाथ गण देवीघाटले १५ दिनमै वुधसिं, थानसिं र ओखरपौवा गाविसमा सामुदायिक आवास निर्माण गरेको गणका गणपति रोहित गुरूङले बताए । ‘तीन स्थानमा आवास निर्माणको काम सकिएको छ, गुरूङले भने केही स्थानमा निर्माणको अन्तिम चरणमा रहेको छ ।’
जिल्लाका सात ठाउँमा नेपाली सेनाले सामुदायिक भवन निर्माणको जिम्मा पाएको थियो । वर्सुन्चेतमा भने तीनभित्रै आवास निर्माणको काम सकिने गुरूङले बताए । तीन ठाउँमा भने जग्गा प्राप्तिको प्रक्रिया नसकिँदा निर्माण हुन सकेको छैन । सामूहिक आवास निर्माणका लागि नेपाली सेनाका तीन सय जवान दैनिक रूपमा खटिँदै आएका छन् ।
आठ परिवार बस्न मिल्ने आवासको लागत एउटा आवासको लागत २३ लाख रूपैयाँ रहेको छ ।
नेपाली सेना बाहेक एक ठाउँमा समुदायले र दुई ठाउँमा ठेक्का प्रणालीमार्फत सामूहिक आवासको काम अघि बढेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए । भुकम्पबाट घरबार गुमाएका तथा अन्य विपत्तिबाट प्रभावित अति विपन्न परिवारलाई आंशिक लक्षित गरी निर्माण सरकारले नुवाकोटका १० ठाउँमा सामूहिक आवास निर्माण गरिरहेको छ ।
प्रतिक्रिया